कमल मिश्र
पुर्नस्थापित तत्कालीन प्रतिनिधि सभा को राज्य ब्यवस्था समितिका सभापति एमालेका केन्द्रीय सदस्य रामनाथ ढकाल देखि नेपाल कोरिया मैत्रीं अस्पताल का संस्थापक निर्देशक भक्तपुर कटुन्जे निवासी भीमसेन थापा लगायत पाँच सयको हाराहारी मा ज्यान ज एको सरुवा भाईरस स्वाईन फ्लु ले देशै आक्रान्त हुँदा न विश्व स्वास्थ्य संगठन बोल्यो नत सरकारले नै यसबारे ठोस कदम चाल्यो। डाक्टर हरुका अनुसार हालसम्म पनि स्वाईन फ्लु लगायतका भाईरसजन्य रोगको भरपर्दो औषधी र भ्याक्सिन अहिले पनि वनेको छैन रे। तर, केही बर्ष अगाडि महामारीको रुपमा फैलिएको यो सरुवा भाईरस स्वाईन फ्लु को नियन्त्रण गर्न नत लगडाउन गरियो। न मानव शरिरको स्वास प्रश्वास प्रणाली मा सिधा असरपार्ने माक्स र सेनिटाईजर लाई नै अनिवार्य गरियो? अह केहि गरिएन तर बिदेशबाट आएकी एक नेपाली किशोरी लाई कोरोना भाईरस संक्रमण भयो भन्ने बित्तिकै आकाशै पल्टिए जसरी लगडाउन गर्न तम्सिएको आफुलाई समाजवाद उन्मुख जनमुखी दावी गर्ने नेकपा को सरकारले गरिव नेपाली लाई आत्महत्या गर्ने अवस्था सम्म सिर्जना हुनेगरी लामो समय लगडाउन र अहिले ठाउँ ठाउँमा निषेध आज्ञा अनि कतिपय स्थानमा कर्फु लगाईरहेको छ र भनिरहेको छ बिस्व स्वास्थ्य संगठन को निर्देशन हो भनेर। ए कम्युनिष्ट का नाममा कलंक बनेको सरकार विश्व स्वास्थ्य संगठन भनेको दलाल पुँजीपति वर्गको पक्षमा वकालत गर्ने साम्राज्यवादी पेटी बुर्जुवाहरूको क्लव होभन्ने अक्कल अझै आएन तिमिहरुलाई । जव पुँजिवादले सुचना साम्राज्य फैलाउँन्छ स्उसले दलाल नोकरशाह हरुको सेवामा मानवता बिरोधी कार्यहरु गर्छ, यस्ता कार्यहरुको जनवादी शक्तिहरुले डटेर मुकाविला गर्नुपर्छ भन्ने फ्रेडिक एङ्गेल्स को भनाई लाई के नेपालका तिमी कम्युनिस्ट हरुले बिर्सिएर नै नोकरशाह धनाढ्य विल गेटस द्वारा निर्मित कोरोना टेस्ट गर्ने मेशिन र अर्को नयाँ रोग थपिदिएर मानिसलाई साईड ईफेक्ट को शिकार वनाउँने गरी बनाईने भ्याक्सिन सिफारिस गर्ने संस्थाका रुपमा पोल्टामा पसिसकेको जस्तो बिकाउँ संस्थाको लहैलहैमा लागेर गरिबजनताको ढाड सेक्ने? अत यदि नेपाल को बर्तमान सरकार सच्चा देशभक्त र क्रान्तिकारी कम्युनिष्ट पार्टी को सरकार हो भने तुरुन्त बिस्व स्वास्थ्य संगठन संग सम्वन्ध बिच्छेद गरी दक्षिणी छिमेकी मुलुक भारत संग केही समय सीमामा कडाई गर्दै संक्रमित मध्ये कठिन अवस्थाका बिरामी लाई अस्पतालमा राखी सामान्यलाई गुर्जो मरिच र बेसारपानी खाने साथै सबै जनतालाई अनिवार्य गुर्जो, बेसार मरिज लगायत आयुर्वेदिक डाक्टर को सल्लाह अनुसार औषधी खान लगाई तुरुन्त लगडाउन खुलाएर जन जीवन सामान्य अवस्थामा फर्काउँ तवमात्र तिमीहरु साम्राज्यवाद र दलाल नोकरशाह पुँजिवाद बिरोधी बन्न सक्ने छौ। नेपाली शासक कम्युनिस्ट हरुलाई बेलैमा चेतना भया,अस्तु। (लेखकका निजि विचार हुन् )
0 17 1 minute read



