खेलकुद

डेनमार्कमाथि बेल्जियमको सहज जित

आइतवार, भदौ २१, २०७७
एजेन्सी – युईएफए नेसन्स लिगमा बेल्जियमले डेनमार्कलाई पराजित गरेको छ । बेल्जियमले डेनमार्कमाथि उसकै मैदानमा २–० को सहज जित निकालेको हो ।

कोपेनहेगनमा शनिबार राति भएको खेलमा बेल्जियमको जितमा जासोन डिनायर र ड्रिएस मेर्टिन्सले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल सम्भव भएको थियो । खेलको नवौं मिनेटमा नै जासोन डिनायरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले ड्रिएस मेर्टिन्सको कर्नरलाई वान टचमा फिनिस गरेका थिए ।

१२औं मिनेटमा मार्टिन ब्रेथवेटको प्रहार बाहिरिदा डेनमार्क बराबरीबाट चुक्यो । १६औं मिनेटमा क्रिस्टियन इरिक्सनको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा डेनमार्क बराबरीबाट चुक्यो । २२औं मिनेटमा बेल्जियमका यान्निक कारास्कोको पासमा रोमेलु लुकाकुको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३२औं मिनेटमा टिमुथी कास्टाग्नेको प्रहार बाहिरिदा बेल्जियम अग्रता दोब्बर पार्नबाट चुक्यो । ५०औं मिनेटमा बेपल्जयमका थोर्गन हाजार्ड चुके। ७६औं मिनेटमा ड्रिएस मेर्टिन्सले गोल गर्दै बेल्जियमलाई २–० ले अघि बढाए ।

पेनाल्टी बक्समा रोमेलु लुकाकुले प्रहार गर्न नसकेको बललाई युरी टिलेमान्सले गरेको प्रहार रिवाउन्ड फर्कदा मेर्टिन्सले गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा बेल्जियम २–० ले विजयी हुन सफल भयो ।

यस जितसँगै बेल्जियम लिग ‘ए’ समूह २ मा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक रहेपनि इंग्ल्यान्ड दोस्रो तथा अंकविहीन आइसल्यान्ड र डेनमार्क तेस्रो र पुछारमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button