मूल खबर

नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुग्यो

भदौ २१, २०७७

काठमाडौँ ।पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २९०, ललितपुरका ३२, भक्तपुरका ३२, उदयपुरका १, ओखलढुङगाका १, झापाका २८, ताप्लेजुङका १, भोजपुरका १, मोरङका २९, संखुवासभाका ६, सुनसरीका ८६, धनुषाका १०, पर्साका २५, बाराका ८३, महोत्तरीका ३, रौतहटका ८, सप्तरीका ११, सर्लाहीका ५, सिराहाका ६, काभ्रेका १, चितवनका ३०, दोलखाका ७, धादिङका १०, सिन्धुपाल्चोकका १, सिन्धुलीका २, बागलुङका ३ र कास्कीका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै गोरखाका ५, तनहुँका ७, नवलपरासीपूर्वका १२, लमजुङका २, स्याङजाका २२, अर्घाखाँचीका ११, कपिलवस्तुका ४, दाङका ३, नवलपरासीका २, पाल्पाका १९, प्यूठानका ४, बर्दियाका ६, बाँकेका ६, रुपन्देहीका ३५, कालिकोटका १, जाजरकोटका २, जुम्लाका ५, दैलेखका २, सुर्खेतका ४४, अछामका ११, कञ्चनपुरका ३, कैलालीका २१, डढेलधुराका २ तथा बझाङका १० जना संक्रमित थपिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेमा दुई महिला र सात पुरुष रहेका छन्।

मोरङका ४५ वर्षीय पुरुष र ६४ वर्षीया महिला, झापाका ४५ वर्षीया महिला, पर्साका ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष, चितवनका ७० वर्षीय पुरुष र काठमाडौँका ७४, ६८ र ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८९ पुगेको छ।

मन्त्रालयका अनुसार आइतबार १ हजार ८ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ।पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ पीसीआर परीक्षण गरिएको छ। हालसम्म ७ लाख ६८ हजार ३४५ पीसीआर परीक्षण भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ। हाल क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button