२५ भदौ २०७७
ललितपुर ।
नेपालमा पछिल्लो २४ घन्टामा थप १,२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जस मध्ये काठमाडौँ उपत्यकामा मात्र ५७२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ४९५, ललितपुरमा ३४ र भक्तपुरमा ४३ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या अहिले सम्म ५०,४६५ पुगेको छ ।
प्राप्त जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप १,८१८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ३५,७०० पुगेको छ ।
यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।



