विचार

MCC विरुद्ध मोर्चा कसौं!

– वसन्त बाेगटी

आज दलाल प्रतिक्रियावादी संसदीय व्यवस्था र दलाल संसदवादी गुटको मुख्य प्रतिनिधित्व गर्ने सत्ताधारी डबल नेकपाले राष्ट्रघाति MCC सम्झौतालाई मुख्यतः अनुमोदन गर्ने दुषित निर्णय गरेछ । यसले मुख्यतः राष्ट्रघाति दलालहरुको वास्तविक चरित्र र स्थिति देशभक्त नेपाली जनताको अगाडि सर्वाङ्ग गरेको छ ।

यो सुगौली सन्धि यता कै सबैभन्दा ठुलो राष्ट्रघात हो । परन्तु सुगौली सन्धिको पृष्ठभूमिमा तत्कालीन नेपाल सरकार र इष्ट ईन्डिया कम्पनी बिच चलेको युद्धको आवश्यकता र बाध्यताको स्थिति थियो ।

जन आवाज र अधिकार माथि घोषित/अघोषित प्रतिबन्ध गरि निरन्तर दमन, अराजकता र हिंसा मार्फत राष्ट्रघात, जनघात र भ्रष्टाचारको तुच्छ राजनीतिक आतंक सृष्टि गर्नु दलाल संसदवादी गुटको आजको विशेषता बन्न पुगेको छ ।

आज विश्वव्यापी आतंक बनेर फैलिएको कोभिड-१९ को त्रास र जारी लकडाउन/निषेधाज्ञाले मुख्यतः देशको आधारभूत वर्ग भोक, रोग र गरिबीको भीषण संकटको प्रक्रिया बाट गुज्रिएको छ । यही प्रक्रियामा बाढी पहिरो र प्राकृतिक विपत्तिले हजारौं जनताको छानो र पिडि पुरिएको/भत्किएको छ । महिला हिंसा र बलात्कारको अन्त्यहिन शृङ्खलाले मानवता लज्जित भएको छ । जात व्यवस्था सक्रिय छ । धर्मको राजनीतिले विभिन्न सांस्कृतिक मुल्य र आदर्श लाई आत्मसात गर्ने अल्पसंख्यक हरुलाई दण्डित गर्दै छ । परन्तु दलाल शासक जनताको यस प्रकारको स्थितिलाई पुर्णतः वेवास्ता सहित लत्याउदै राष्ट्रघात, जनघात र भ्रष्टाचारमा सक्रिय छ जुन यो व्यवस्था कै उपज हो ।

विद्यमान राजनीतिक व्यवस्था नै मुख्यतः आजको संकटको जननि हो ।

यो सन्दर्भमा राष्ट्रियता, जनतन्त्र र जन जिविकाको मुद्दालाई प्रधान बनाई मुख्यतः नयाँ जनवादी क्रान्ति मार्फत विद्यमान दलाल प्रतिक्रियावादी संसदीय व्यवस्थालाई ध्वस्त/खरानी गर्नु र वैज्ञानिक समाजवादको स्थापना गर्नु सम्पुर्ण सचेत देशभक्त नेपाली र कम्युनिस्ट क्रान्तिकारीहरुको अनिवार्य आवश्यकता बन्न पुगेको छ ।

नयाँ र गौरवाशालि इतिहासको निर्माण मुख्यतः क्रान्तिकारी विचार/दृष्टिकोण र सपना हुने हरूले गर्ने हो । हरेक गौरवशालि इतिहास निर्माणमा मुख्यतः क्रान्तिकारी युवा हरूको सक्रियता र सचेत भुमिका निर्णायक हुन्छ । अहिले यो इतिहास निर्माण गर्ने सुनौलो अवसर एक चुनौतीको रुपमा हामीलाई प्राप्त भएको छ । हामी यो चुनौती इतिहासको सहि अध्ययन, वर्तमानको आवश्यकता र वस्तुनिष्ठ विश्लेषण एवं सुन्दर भविष्यको परिकल्पनाको प्रक्रिया बाट एक अवसरमा बदल्न सक्षम हुनेछौं ।

यो नयाँ सपना हुने हरु, नयाँ सपना देख्ने हरु र नयाँ सपना जन्माउने हरु ध्रुवीकरण हुनुपर्ने समय हो । हामी संग यो देश बनाउने यो विश्व बनाउने नयाँ सपना छ । त्यो सपना भनेको उत्पीडित जनताको मुक्तिको सपना हो । नयाँ जनवादी क्रान्तिको सपना हो । जन गणतन्त्र नेपालको सपना हो । वैज्ञानिक समाजवादको सपना हो ।

नयाँ सपनाको हुटहुटिले जाग्ने हरु हो आउ एकपटक संगै लडौं ! सामन्तवाद/दलाल पुँजीवाद र पुँजीवादी विश्व व्यवस्था लाई ध्वस्त/खरानी गरौं! वैज्ञानिक समाजवादी विश्व व्यवस्था निर्माणको प्रक्रिया अघि बढौं !२०७७ भाद्र २६,moolbato.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button