खेलकुद

ओसाका युएस ओपन च्याम्पियन

आइतवार, भदौ २८, २०७७

एजेन्सी – जापनिज नाओमी ओसाका यसवर्षको युएस ओपन टोनिसको महिला एकलतर्फको च्याम्पियन बनेकी छिन् ।

अमेरिकाको न्युयोर्कमा आइतबार बिहान भएको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कामाथि ३–१ को जित निकाल्दै ओसाका दोस्रोपटक युएस ओपन च्याम्पियन बन्न सफल भएकी हुन् । ओसाकाले २०१८ मा अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जितेकी थिइन् ।

चौथो वरीयताकी ओसाकाले पहिलो सेट १–६ ले सहजै अजरेन्कालाई सुम्पिएपनि त्यसपछिको दुवै सेट सहजै आफ्नो पक्षमा पार्न सफल भएकी थिइन् । दोस्रो सेटमा ६–३ को सहज जित निकालेकी ओसाकाले तेस्रो सेट पनि ६–३ ले नै आफ्नो पक्षमा पार्दै तेस्रो ग्रान्डस्लाम उपाधि जित्न सफल भइन् ।

२२ वर्षीय ओसाकाले यसअघि २०१९ मा अष्ट्रेलियन ओपनको पनि उपाधि जितेकी थिइन् । उनी फाइनल पुगेको खेलमा पराजित हुन परेको छैन। २०१३ पछि पहिलोपटक ठुलो प्रतियोगिताको फाइनल खेलेकी ३१ वर्षीय अजरेन्काले राम्रो शुरुवात गरेर पनि सोही प्रदर्शनलाई निरन्तरता दिन नसक्दा उपाधिबाट चुकिन् ।

दुई पटकको अष्ट्रेलियन ओपन अजोरेन्काले अमेरिकी सेरेना विलियम्सलाई २–१ को सेटमा तथा ओसाकाले अमेरिकी जेनिफर ब्राडीलाई २–१ को सेटमा पराजित फाइनलमा स्थन बनाएका थिए ।पुरुषतर्फ डोमिनिक थिएम र एलेक्जेन्डर जेभेरेभबीच प्रतिस्पर्धा हुदैछ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button