२९ भाद्र २०७७, सोमबार
एजेन्सी ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वमा एकैदिन हाल सम्मकै सर्वाधिक ३ लाख ७ हजार ९ सय ३० संक्रमित भेटिएको बताएको छ । डब्लूएचओका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ हजार ५ सय जनाको मृत्यु भएको छ ।
भारत, अमेरिका र ब्राजिलमा उच्चदरमा कोरोना संक्रमण बढिरहेको छ । पछिल्लो तथ्याङ्कसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख ८५ हजार पुगेको छ भने ९ लाख २८ हजार ३ सय जनाको ज्यान गएको छ । कुल संक्रमितमध्ये २ करोड १० लाख ३१ हजार अर्थात ७२ दशमलब शुन्यछ प्रतिशत निको भएर डिस्चार्ज भएका छन् । संक्रमितमध्ये आधाजसो अमेरिकी मुलुकमा रहेका छन् ।
अमेरिकामा ६७ लाख ८ हजार ४ सय ५८ संक्रमित र १ लाख ९८ हजार ५ सय २० जनाको मृत्यु भइसकेको छ । यसअघि सेप्टेम्बर ६ तारिखमा धेरै ३ लाख ६ हजार ८ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो । डब्लूएचओका अनुसार पछिल्लो २४ घण्टामा भारतमा सवैभन्दा धेरै ९४ हजार ३ सय ७२, अमेरिकामा ४५ हजार ५ सय २३ र ब्राजिलमा ४३ हजार ७ सय १८ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा अमेरिका र भारतमा १ हजारभन्दा बढीको मृत्यु भएको छ भने ब्राजिलमा ८ सय ७४ जनाको मृत्यु भएको छ ।
भारत, अमेरिकापछि सवैभन्दा धेरै संक्रमित भएको मुलुकमा पर्छ । कोरोना महामारी सुरु भएदेखि अगष्टसम्म २० लाख कोरोना संक्रमित रहेको भारतमा अहिले ४८ लाख ४६ हजार ४ सय २७ पुगिसकेको छ भने ७९ हजार ७ सय ५४ जनाको मृत्यु भइसकेको छ ।
जुलाई महिनामा दैनिक औषत ६४ हजार संक्रमित भेटिने भारतमा अहिले ८४ प्रतिशतले वृद्धि भएर ९५ हजार हाराहारीमा पुगेको छ । संक्रमित हिसाबले तेश्रो स्थानमा रहेको ब्राजिलमा अहिलेसम्म ४३ लाख ३० हजार ४ सय बढी संक्रमित भएका छन् भने १ लाख ३१ हजार ६ सय ६३ जनाको ज्यान गइसकेको छ ।janadesh/from



