खेलकुद

ज्लाटनको गोलमा मिलानको जित

शुक्रबार, अशोज २, २०७७

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचको गोलमा इटालियन क्लब एसी मिलानले युइएफए युरोपा लिगको छनोटमा सहज जित निकालेको छ । मिलानले आयरल्यान्डको सामरक रोभर्समाथि उसकै मैदानमा २–० को सहज जित हात पारेको हो ।

टल्लाट स्टेडियम डब्लिनमा बिहीबार राति भएको खेलमा मिलानको जितमा ज्लाटनसँगै हकान चाल्हानोग्लुले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

घरेलु टोलीविरुद्ध खेलको सुरुवात देखि नै बल पोजेसनमा पकड बनाएको मिलानले खेलको २३औं मिनेटमा अग्रता लिएको थियो । हकान कलहानोग्लुको पासमा अनमार्क कै अवस्थामा रहेका इब्राहिमोभिचले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

त्यसअघि १२औं मिनेटमा हकान चाल्हानोग्लुको फ्रिकिकमा इब्राहिमोभिचको हेडर पोस्टबाट थोरै बाहिरिएको थियो । १४औं मिनेटमा ज्याक ब्रायनको प्रहारलाई मिलानका गोलरक्षक एन्टोनियो डोनरुम्माले विफल पारेका थिए ।

२५औं मिनेटमा ज्लाटनको पासमा स्यामुइल क्यास्टेलेजोले गोलरक्षक एलान मानसलाई बिट गर्दै गरेको प्रहारलाई आरोन म्याकइनेफले गोललाइनबाट बचाउदै अर्काे गोल टारे । २८औं मिनेटमा मिलानका गोलरक्षक डोनरुम्माले अर्काे उत्कृष्ट बचाउ गर्दै मिलानको बराबरी टारे ।

आरोन ग्रिनीको पासमा ग्यारी ओनिलको प्रहारलाई डोनररुम्माले बचाएका थिए । ४४औं मिनेटमा हकान चाल्हानोग्लुको प्रहारलाई रोवर्टाे लोपेसले उत्कृष्ट ब्लक गरे । त्यसमै रिवाउन्डमा ज्लाटनले मौका पाएपनि उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

५४औं मिनेटमा ज्लाटनको प्रहार क्रस बारमा लागेर बाहिरिदा मिलान अग्रता दोब्बर बनाउनबाट चुक्यो । ६७औं मिनेटमा चाल्हानोग्लुले गोल गर्दै मिलानलाई २–० को अग्रता दिलाए । उनले एलेक्सिसको पासमा गोल गर्न सफल भएका थिए ।

७२औं मिनेटमा सामरकले गोल अन्तर घटाउने अवसर पाएपनि मिलानका गोलरक्षक बाधक बने । त्यसपछि दुवै टोलीले केही आकर्षक मुभ बनाएपनि गोल निस्कन नसक्दा मिलान २–० ले विजयी हुन सफल भयो ।hamrokhalkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button