खबर

समाजेसेवी सापकोटाको निधन

७ असोज २०७७
हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नं १६ हटिया चिसापानीकी सामाजिक अगुवा देवकी सापकोटाको निधन भएको छ । स्थानिय समाजमा सामाजिक अगुवाका रुपमा परिचिति सापकोटाको मंगलबार निधन भएको हो । राप्रपाका मेचीनगरका सभापति शुशिल आचार्यकी सासु आमा समेत रहेकी उनको उपचारका क्रममा निधन भएको आचार्यले बताए ।
हटिया चिसापानीमा समाजसेवी अगुवा महिलाका रुपमा रहेकी सापकोटाको जन्म बिसं २०२४ सालमा भएको थियो । उनका एक छोरा र तिन छोरी रहेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button