कला

देउमाईको किनारमा’का निर्देशक शेर्माको निधन

११ असोज २०७७
दमक । नेपाली कम्युनिष्ट आन्दोलनका शहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक तथा निर्देशक प्रेम शेर्मा ( माङ्जाबुङ्गे ) को निधन भएको छ ।

निर्देशक शेर्माले ‘अरुणपूर्व लिम्बूवान’ को पनि निर्देशन गरेका थिए। त्यस्तै याख्खा भाषाको पहिलो चलचित्र छालुम्माको पनि उनले नै निर्देशन गरेका थिए । शेर्मा चलचित्र निर्माता र निर्देशकसँगै सांस्कृतिक अभियन्तासमेत रहेको ‘देउमाइको किनारमा’ चलचित्रका कलाकार तथा सहायक निर्देशक दुर्गा नेम्बाङले बताए ।
लामो समयदेखि मिर्गौला र कलेजो रोगवाट पीडित शेर्माको आज विहान १० वजे आफ्नै निवासमा निधन भएको हो ।
५५ बर्षिय शेर्मा मोरङको उर्लावारीस्थित आइतबारेमा परिवारसहित बस्दै आएका थिए । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । शेर्मा चलचित्रसँगै साहित्य र सांस्कृतिक आन्दोलनमा सक्रिय रहदै आएका थिए । शेर्माको आज दिउँसो नै उर्लावारीस्थित सुनझोडा जंगलमा अन्त्येष्टि गरिएको छ ।
लेखक तथा निर्देशक पे्रम शेर्माको असमायिक निधनप्रति चलचित्रकर्मी,साहित्यक ,सामाजिक क्षेत्र तथा विभिन्न पेशाकर्मीहरुले समवेदना प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button