खबर

कोरोना संक्रमणबाट गौरादहका एक व्यवसायीको मृत्यु

१२ असोज २०७७

दमक । झापाको गौरादहका एक जना व्यवसायीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।गौरादह नगरपालिका वडा नम्बर १ बस्ने ५१ बर्षिय पुरुषको आज दिउँसो विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्युभएको नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए । मृतक सुनचाँदी व्यवसायी हुन् ।
श्वासप्रश्वासमा समस्या भएको भन्दै उनलाई गत असोज ३ गते उपचारका लागि नोबेल अस्प्ताल बिराटनगर ल्याइएको थियो । स्वाब संकलन गरेर पिसिआर परीक्षण गराउँदा गत असोज ६ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना पुष्टि भएपछि अस्पतालकै आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।मृतकमा मधुमेह, उच्च रक्तचाप र कलेजोसम्बन्धी समस्या थियो । यससंगै झापामा संक्रमणबाट मृत्युहुनेको संख्या ७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button