मूल खबर

डाक्टर केसीको समर्थनमा झापाको सुरुङ्गामा साझा पार्टीको र्याली

२१ असोज २०७७
बिर्तामोड ।
स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न माग सहित अनशनरत डाक्टर गोविन्द केसीको समर्थन र जीवनरक्षाको अपिल गर्दै आज झापाको सुरुङ्गामा साझा पार्टी कनकाई नगर समितिले र्याली सहितको ऐक्यवद्धता सभा  आयोजना गरेको छ ।

डाक्टर केसीले जनजिविकासँग सम्बन्धित मागहरु राखेर आज २४ औ दिनसम्म अनशनमा रहदा समेत सरकारले केसीको जीवनरक्षाका लागि कुनै पहलक नगरेको भन्दै साझा पार्टीले डाक्टर केसीको समर्थनमा प्लेकार्डहरु बोकेर सुरुङ्गा बजार परिक्रमा गर्दै सुरुङ्गा चौकमा प्रदर्शन समेत गरेको थियो । बजार परिक्रमा पछि आयोजित कोण सभामा साझा पार्टीका प्रदेश नं १ का संयोजक   संयोजक अनिल भेटवालले सन्त डाक्टरले आफ्ना लागि भन्दा पनि गरिब र दिनदुःखी जनताका जीवनसग सम्बन्धित माग राखेर १९ औ पटक अनशन बसेका कारण केसीको जीवन बचाउन साँझाले आन्दोलनको कार्यक्रम गरेको बताए ।

भेटवालले यसअघिका विभिन्न पार्टीले समेत १८ औ पटकसम्म डाक्टर केसीलाई विभिन्न माग सम्मोधन गर्ने भन्दै सहमतिको मसी सुक्न नपाउँदै सहमति तोडेको भन्दै अब कथमकदाचित केसीको जीवन रक्षा हुन सकेन भने साझा पार्टीले जनबिद्रोहको घोषणा गरेर सरकारसग लड्ने भीड्ने चेतावनी समेत दिएका थिए ।

सभामा साँझाका केन्द्रिय सदस्य भीमप्रसाद अधिकारीले जनजिविकासग सम्बन्धित माग राखेर १९ पटकसम्म एकजना सन्त नेता अनशन बस्नु भनेको सकारका लागि लज्जाको बिषय भएको बताए ।

कार्यक्रममा डाक्टर आरएन संग्रौला  , तुलसी उप्रेती लगायातका नेताले डाक्टर केसीका माग सम्बोधन गर, सरकारको ब्याट्टी चार्ज गर्छ तस्करको समुहले लगायातका नारा लेखिएका प्लेकार्ड लिएर साँझाले सुरुङ्गा बजार परिक्रमा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button