कृषि र किसान

स्याङ्जाका युवा जैविक संरक्षण र अर्गानिक कृषिमा

गाोपाल जिटी

स्याङ्जा। स्याङ्जाका युवाहरु जैविक संरक्षण र अर्गानिक कृषिमा आकर्षित भएका छन् । आफूले प्राप्त गरेको ज्ञान, सीप र दक्षतालाई आफ्नै ठाउँमा प्रयोग गर्दै आएका कविराज शिवहरि अधिकारी र गणेश अधिकारी तरकारी बिरुवा तथा नर्सरी, जडिबुटी र महजन्य वस्तुहरुको उत्पादनमा लागेका हुन् ।

गल्याङ ८, करादीका कविराज अधिकारीले वातावरण संरक्षण र मानव स्वास्थ्यका हिसावले वनस्पतिजन्य वस्तुको विशेष महत्व रहेकाले पनि जैविक संरक्षण र अर्गानिक कृषिमा लागेकोे बताए । प्रकृतिले हामीलाई दिएका यी अमूल्य उपहारलाई चिनेर उपयोग गर्ने हो भने आफ्नै ठाउँमा रमाउन र कमाउन सकिने शिवहरिको भनाई छ ।

उनको एग्रो फर्ममा स्याङ्जाका साथै नेपालमा पाइने अधिकांश जडिवुटी, फलफुल तथा वनस्पतिजन्य वस्तुहरु छन् । जस्तै अदुवा, तील, श्रीखण्ड, भ्रिङ्गीराज, कुरिलो, अश्वगन्धा, तुलसी, प्राणेश्वर, ड्रागन फुड, सेतो लोंडे, कपुर, स्ट्रवेरी, धतुरो, काँचोपात, किवी, सिमल, पत्थर चट्टान(अजम्बरी), मेवा, तेजपात, जराखाने कुरिलो, कण्ठघारी, अकवरे खुर्सानी, भुँईंचम्पा, हलेदो, बामक द्रव्यका बोट तथा बिरुवाहरु यहाँ देख्न पाइन्छ । यस्तै डल्ले काँक्रो, भूईं स्याउ, एलोभेरा, सर्पगन्धा, सरिफा, हनुमान फल, सीताफल, स्टेफिया, निसोध, कालो कर्कलो, माने कर्कलो, रक्त चन्दन, कडिपत्ता, अलैंची, मरिच, शिकारी लहरो, बाह«मासे, दिङ, एभोगाडो ( सुत्केरी फल ), ल्वाङ, चाइनिज कटुस, नारावेथे, कालीसिन्की लगायत सयौं जडिवुटीहरु शिवहरिको फूलबारीमा रहेका छन् ।

यस्ता कैयौं जडिवुटीहरु रहेको बताउँदै शिवहरिले महादेव शिवको वरदान योग र हाम्रै क्षेत्रमा जन्मेको आयुर्वेदलाई डो¥याएर स्वस्थ बन्नुपर्ने आजको आवस्यकता रहेको उल्लेख गरे । यसका साथै हाम्रै क्षेत्रबाट उत्पत्ति भएको आयुर्वेदलाई चिनेर अगाडि बढाउनुपर्ने र विकास गर्दैजानु पर्ने पनि शिवहरिको भनाई छ ।

जननी र जन्मभूमिलाई मायाँ गर्नुपर्छ भन्ने हेतुले पनि आफ्नै क्षेत्रलाई रोजेका शिवहरिले सम किसिमको दोष, धातु, अग्नी, मन र क्रियाहरुलाई समुचित अवस्थामा लिएर आउनसक्ने आयुर्वेद हो । त्यो क्षेत्रलाई नै हामीले स्वास्थ्य भनेर वर्णन गरेका बताए ।

नेपालको वर्तमान परिप्रेक्षमा हाम्रा जडिवुटी अर्को देशमा जानको लागि अप्ठ्यारो छ, हाम्रो क्षेत्रमा कुन कुन जडिवुटी छन् त भनेर खोज गर्ने, विज्ञहरु लगाएर त्यसलाई सँकलन गर्ने प्रावधान ल्याउनुपर्छ । कुनबाट के चीज बनाउन सकिन्छ भन्ने विज्ञहरु लगाएर विक्रि गर्ने व्यवस्था गर्नुपर्ने शिवहरिको भनाई छ ।

उनी भन्छन्—अहिलेको समयमा हामीले आयुर्वेद क्षेत्रलाई बुझ्न सकिरहेका छैनौ । केहि बुझेका विज्ञहरुले जडिबुटी र आयुर्वेद क्षेत्रलाई पछाडि पार्ने काम भएको छ । यो क्षेत्रलाई सञ्चारको क्षेत्रले पनि धेरै कम मात्रामा प्रचारमा ल्याएको शिवहरिको गुनासो छ ।krishipatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button