खबर

हङ्कङस्थित एक नेपालीको रेष्टुरेन्टमा आगलागी, सात जनाको मृत्यु, अधिकाँश नेपाली

१ मंसिर २०७७
जनादेश, प्रवास

हङकङमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक ९ वर्षीय बालकसहित ७ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये अधिकांश नेपाली रहेको बताइएपनि स्पष्ट विवरण आउन बाँकी छ ।

मृत्यु हुनेमा ४ पुरुष र ३ जना महिला रहेका छन्। मृत्यु हुनेमा ९ देखि ४० वर्षका रहेका छन्। त्यस्तै गम्भीर अवस्थामा ३ पुरुष र ४ महिलाको अस्पतालमा उपचार भइरहेको समातारमा उल्लेख छ।

क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो । आगलागी जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट भएको अधिकारीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button