
मेचीनगर । नेपालको पूर्वी नाका काँकरभिट्टामा रहेको होल्डिङ्ग सेन्टर हटाउन स्थानीय ब्यवसायीहरुले माग गरेकाछन् । आज झापाको काँकरभिट्टा बजारमा नारा सहित प्ले कार्ड बोकेर उनीहरुले सरकारको ध्यानाकषर्ण गरेका हुन् । पूर्वी नाका काँकरभिट्टालाई यात्रु आवत जावतका लागि सहज बनाउनु पर्ने र काँकरभिट्टामा रहेको होेल्डिङ्ग सेन्टर हटाउन बजार परिक्रममा पछि आयोजित कोण सभाका वक्ताहरुले माग समेत गरेका थिए ।
होल्डिङ्ग सेन्टरका कारण यात्रुहरुलाई असहज भएको र केही ब्यापारीहरुका लागि मात्र होल्डिङ्ग सेन्टर लाभको पक्ष रहेको उनीहरुको आरोप थियो । कोण सभाका वक्ताहरुले नाकालाई सहज बनाएर स्वास्थ्य सुरक्षा विधि अपनाउदै आम यात्रुको यात्रालाई सहज बनाउनु पर्ने विचार समेत राखेका थिए ।



