
मंसिर १४, २०७७
एजेन्सी – अल्जेरियन फरवार्ड रियाद महारेजको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि ५–० को सानदार जित हात पारेको छ । अर्काे दुई गोल बेन्जामिन मेन्डी र फेरान टोरेसले गरे ।
घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेल एकपक्षीय बन्दा सिटीले खेलको छैटौं मिनेटमा नै रियाद महारजेको गोलबाट अग्रता लिएको थियो । उनले केभिन डि ब्रुयनको पासमा गोल गर्न सफल भएका थिए । २२औं मिनेटमा केल वाल्करको पासमा महारेजले व्यक्तिगत दोस्रो गोल गरे ।
४१औं मिनेटमा बेन्जामिन मेन्डीले केभिन डि ब्रुयनकै पासमा गोल गरेपछि सिटीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो । ६६औं मिनेटमा गाब्रियल जेससको पासमा फेरान टोरेसले गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ अग्रसर गराए ।
६९औं मिनेटमा महारेजले ह्याट्रिक पुरा गरेपछि सिटीले खेलमा ५–० को फराकिलो जित दर्ता गर्न सफल भयो । ७५औं मिनेटमा बर्नलीका गोलरक्षक बेइले पिकक फारेलले आफ्नै पोस्टमा गोल गरेपनि उक्त मुभमा जेसस अफसाइड देखिदा भिएआरबाट बान्यता पाएन ।
यो जितसँगै सिटी ९ खेलबाट १५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित बर्नली ५ अंकसहित रेलिगेसन जोनको १८औं स्थानमा छ।hamrokhelkud/from



