खबर

पौडेललाई रिहाइ नगरे काँग्रेस कडा प्रतिरोधमा उत्रने

१७मंसीर २०७७

बिर्तामोड । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहाइ गर्न माग गरेकाछन् । तनहुँ प्रहरी, प्रशासनले बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई आज नियन्त्रणमा लिएको थियो ।
सत्ताको आडमा भिजिलान्ते समूह प्रयोग गरेर पूल उद्घाटनको पूर्व निर्धारित कार्यक्रम बिथोल्न खोजिएकोप्रति आपत्ति जाउँदै सभापति थापाले वरिष्ठ नेता पौडेललाई ततकाल रिहाइ नगरे कडा प्रतिरोध गरिने चेतावनी दिएकाछन् ।
निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रशासनले पौडेललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय तनहुँमा राखेको छ।
व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट नेता पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।काँग्रेस नेता पौडेल व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनका लागि गएका थिए । सत्ताधारी कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघ परिचालन गरेर पुल उद्घाटन रोक्न नियोजित रुपमा षडयन्त्र गरेकोप्रति घोर निन्दा गर्दै सभापति थापाले ओली सरकार सर्वसत्तावादी अधिनायकवातर्फ अग्रसर भएको टिप्पणी गरे ।
दमौलीबाट नेपाली कांग्रेसका कार्यकर्तासहित करिव २ किलोमिटर अगाडी पर्ने बुल्दी पुलमा निर्मित मोटरेवल पुलको उद्घाटन गर्न जाने क्रममा प्रहरीले झडप हुन सक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको बताएर वरिष्ठ नेता पौडेलसहित कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको घटनाले लोकतन्त्रको धज्जी उडाएको पनि सभापति थापाद्वारा आज जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button