खबर

बलात्कृत किशोरी गर्भसहित भौतारिँदै

मंसिर १९, २०७७ शुक्रबार

गोरखा । १४ वर्षको उमेरमा बच्चा जन्माउन जोखिम देखेपछि गोरखाका एक दम्पतीले बिहीबार छोरीलाई पोखराको थ्री एञ्जल्स नामक संस्थामा सुम्पिएर फर्किए। संस्थाले नै सुरक्षित सुत्केरी गराइदेला भन्ने विश्वासमा छन् उनीहरू।

सात कक्षामा पढ्ने किशोरीको गर्भमा ३१ हप्ताको शिशु हुर्किरहेको छ। वैशाख ११ गते निउरो टिप्न जंगल गएकी उनलाई गोरखा नगरपालिका–८ का ६५ वर्षीय तुलबहादुर थापाले बलात्कार गरेपछि गर्भ रहन गएको किशोरीका आमा बताउँछिन्। ‘चैतमा पहिलो पल्ट महिनावारी भएकी थिई। वैशाखमा पालो हो तर भइन’, उनले भनिन्, ‘महिनावारी भएको सुरुसुरुमा एक/दुई महिना पालो छल्न सक्छ भन्ने सुनेका थियौँ। त्यस्तै भएको होला भन्ने सोचेर खोजतलास गरिएन।

लकडाउनले गर्दा पढाइ थिएन त्यसैले असारको अन्तिम हप्तातिर ऊ र उसका दिदी, बहिनी, भाइ सबैलाई गाउँ (मोतीहारी) पठाइदियौँ। भदौ अन्तिम सातातिर फर्किएर आए। त्यतिबेलासम्म पनि महिनावारी भएकी रहिनछ। पेट पनि ठुल्ठूलो भएको रहेछ।’ मेरीस्टोप्स लगेपछि गर्भमा बच्चा रहेको खुलेको उनले बताइन्।

‘पाठेघरको समस्याले महिनावारी रोकिएको हो कि भनेर चेकजाँच गर्न मेरीस्टोप्स लग्यौँ। मेरीस्टोप्सले भिडियो एक्सरे गर्न आमाबा अस्पताल पठायो। बल्ल पो थाहा भयो, पेटमा बच्चा रहेछ भनेर’, किशोरीका बुबाले भने, ‘हप्कीदप्की गरेर सोधेपछि बल्ल छोरीले माइला थापा (तुलबहादुर) ले वैशाखमा निउरो टिप्न जाँदा बलात्कार गरेको भनी। घटनाबारे कसैलाई भनेमा स्कुल जाँदा बाटोमा काटेर फालिदने धम्की दिएको रहेछ।’ त्यस दिनदेखि उनले राम्रोसित नखाने, ननिदाउने मुच्र्छा पर्ने, टोलाउने गरेको उनले बताए। शिव उप्रेतीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button