खेलकुद

बंगलादेशको पोस्टमा कतारको ५ गोल

शनिबार, मंसिर २०, २०७७

एजेन्सी – कतार विश्वकप २०२२ को छनोट र एसियन कपको छनोटको दोस्रो चरणको आठौं खेलमा कतारले बंगलादेशमाथि सहज जित निकालेको छ ।

विश्वकपको आयोजक राष्ट्र समेत रहेको कतारले घरेलु मैदानमा बंगलादेशमाथि ५–० को एकपक्षीय जित निकालेको हो । कतारको सहज जितमा अक्रम अफिफ र अल्मोइज अलीले समान दुई गोल गर्दा अब्दुलाजिज हाटिमले एक गोल थपे । पहिलो हाफमा २ तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो ।

अब्दुल्हा विन नासिर विन खालिफा स्टेडियम दोहामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको नवौं मिनेटमा अब्दुलाजिज हाटिमको गोलबाट खाता खोलेको थियो ३३औं मिनेटमा अक्रम अफिफले गोल गर्दै कतारलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

७२औं मिनेटमा अल्मोइज अलीले पेनाल्टीमा गोल गर्दै कतारलाई सहज जिततर्फ अघि बढाए । ७८औं मिनेटमा अल्मोइज अलीले व्यक्तिगत दोस्रो गोल गरेपछि कतारले खेलमा ४–० को आरामदायी अग्रता लिन फिल भयो । ९०औं मिनेटमा अक्रम अफिफले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै कतारलाई फराकिलो जित दिलाए ।

फराकिलो जितसँगै समूह ‘ई’ मा कतार ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अपराजित रहेको कतारले ५ जित र एक बराबरीको नतिजा निकालेको छ । दोस्रो स्थानमा रहेको ओमानको ५ खेलबाट १२ अंक छ । अफगानिस्तानको ४ तथा भारतको ३ अंक छ । पुछारमा रहेको बंगलादेशको १ अंक छ ।

कतारसँगको विश्वकप छनोटको खेल खेल्नुअघि बंगलादेशी टोलीले नेपालसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो । जसमा बंगलादेशले एक खेल २–० ले जित्दा अर्काे खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि टोली थप प्रशिक्षणको लागि कतार नै पुगेको थियो ।

कतार र बंगलादेशबीचको खेल कोरोना महामारीपछि एसियाकै पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल बनेको छ । जसमा करिव ११ सय समर्थकलाई मैदानमा प्रवेश दिइएको थियो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button