
‘अहिलेका नेताहरुको अहिले र्नैे बिकल्प छैन, नेताहरुको बिकल्प खोज्नु कोरा कल्पना मात्रै हो’— श्यामबिर लिम्बु ‘शौभाग्य’, युवा नेता , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
झापा । तत्कालिन माओवादीको सैन्य फाँट सम्हालेर युद्धमोर्चा सम्हालेका श्यामबिर लिम्बु ‘शौभाग्य’ तत्कालिन माओवादीमा वैचारिक क्षमता सहितको जनमुक्ति सेनाको कमाण्डरका रुपमा परिचित एक नाम हो । तत्कालिन माओवादीका केन्द्रीय सदस्य समेत रहेका श्यामबिर तत्कालिन एमाले र तत्कालिन माओवादी (केन्द्र)को पार्टी एकता पछि अहिले प्रदेश नं १ को नेकपाका प्रदेश कमिटि सदस्य र झापा क्षेत्र नं १ का पार्टी ईन्चार्जका रुपमा रहेर कार्यरत रहेकाछन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेताका रुपमा परिचित लिम्बु एक स्पष्ट वक्ता समेत हुन् । आज हामीले चौतारी संवादमा नेकपामा देखिएको राजनीतिक बहस र नेकपाको वर्तमान सरकारका विषयमा रहेर उनीसँग संवाद गरेकाछौँ । प्रस्तुत छ चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ चौतारी संवादका लागि नेकपाका युवा नेता श्यामबिर लिम्बु ‘शौभाग्य’ सँग गरिएको चौतारी संवाद ।



