सृजनाको चौतारी

वर्तमान

कविता
उपकार बिर्सेर
बैगुनका खातहरू सम्झिदै
आमाले दिएको बोली
बाले हिँड्न सिकाएको क्षण
गुरूले बाह्रखरी सिकाउँदाको
धुलोपाटी
कमल र कापी सम्झिएर
नतमस्तक हुन जान्दैन मान्छे
वर्तमान ,
सुखमा विलुप्त भएर
माझीदाइको निधारका पसिनामा
दुस्ख देख्न सक्दैन मान्छे
डुँङ्गासवारमा रमाउँदै
कर्णधारको महत्व जान्दैन
पिठ्यूँ चढेर पिठ्यूँमै
छुरा रोप्न
तम्तयार मान्छेलाई
के सङ्या दिउँ मरु
नदीको परमधर्म नै हो उपकार
नदीविनाको जीवन
जीवन बनेर बग्ने नदी
मेरा रगतका असङ्ख्य नदीले
मेरो मात्र नभई
बचाइरहेछ
थुप्रै जीवन
नदीजस्तै छ
हाम्रो जीवनप्रवाहा
वारि छउन्जेल पारि पुग्ने हतारो
पारिको हरियो सपना
विपना बनेर
फुल्न थालेपछि
के काम?
लहरालाई थाङ्ग्रोको
अशक्तताको साथी न हो , सहारा
मान्छे विगत बिर्सन्छ गुणलाई दोष देख्छ
आफैंले टेकेको लौरो बिर्सन्छ
नदी तरेपछि !
२०७७,८,२३
फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button