पुस १७, २०७७
काठमाडौं
बेलायतले आपत्कालीन स्वीकृति प्रदान गरेको कोभिड–१९ विरुद्धको अक्सफोर्ड एस्ट्राजेनिकाको खोप ल्याउन नेपाललाई सहज हुने भएको छ। यो खोप भारतमा पनि उत्पादन हुने भएकाले नेपाल ल्याउन अनुकूल देखिएको हो ।
बेलायतको मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्टस् रेगुलेटरी एजेन्सी (एमएचआरए) ले बुधबार यो खोपलाई स्वीकृत गरिसकेको छ । भारतमा पनि जनवरी पहिलो साता यसले आपत्कालीन स्वीकृति पाउने सम्भावना छ ।
नेपालको पूर्वाधार र संरचनाअनुकूल २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने एजेडडी १२२२ खोप भारतमा कोभिसिल्डको नामबाट विश्व्कै सबैभन्दा ठूलो खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट आफ इन्डिया (एसआईआई) ले पनि उत्पादन गरिरहेको छ । नेपालले अन्य खोप पनि सिरमबाट ल्याउने गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र बेलायतका प्रधानमन्त्रसँग प्रत्यक्ष संवादलगायत कूटनीतिक पहल गरेर कोभिसिल्ड किनर वा जसरी भए पनि मुलुकमा भित्र्याउन सुरु गर्नुपर्ने विज्ञ बताउँछन् । कान्तिपुर दैनिकमा समाचार छ ।



