खेलकुद

डर्टमुन्डको सहज जित

फागुन १६, २०७७

एजेन्सी – बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा अर्मेनिया बिलेफिल्डलाई पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा डर्टमुन्डले बिलेफिल्डलाई ३–० ले पराजित गरेको छ ।

डर्टमुन्डको सहज जितमा मामुद दाहुद, जाडोन सान्चो र रेनिएरले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि डर्टमुन्डले दोस्रो हाफमा तीन गोल थपेको थियो । ४८औं मिनेटमा मामुद दाहुदले जाडोन सान्चोको पासमा गोल गर्दै डर्टमुन्डलाई १–० ले अघि बढाए ।

५८औं मिनेटमा जाडोन सान्चोले पेनाल्टीमार्फत गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे । ८१औं मिनेटमा एर्लिङ ब्राउट हालान्डको पासमा रेनिएरले गोल गर्दै डर्टमुन्डलाई ३–० को सहज जित दिलाए ।

यो जितसँगै डर्टमुन्ड २३ खेलबाट ३९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित बिलेफिल्ड १८ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

बुन्डेसलिगाकै अर्काे खेल खेलमा आरबी लाइप्जिगले बोरुसिया मोन्चेनग्लाडवाकमाथि ३–२ को पुनरागमन जित निकालेको छ । लाइप्जिगले २ गोलले पछि परेको अवस्थामा जित हात पारेको हो ।

लाइप्जिगका क्रिस्टोफोर एनकुुकु, युसुफ पलसेन र एलेक्सान्डर सोर्लाेथले गोल गरे । मोन्चेनग्लाडवाकका जोनस होफमन र मार्कुस थुरामले गोल गरे ।

यो जितसँगै लाइप्जिग २३ खेलबाट ५० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित मोन्चेनग्लाडवाक ३३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button