खबर

 ओली समूह निकट पूर्व विध्यार्थीहरुको वनभोज

१६ फागुन २०७७
बिर्तामोड ।
झापामा अनेरास्ववियुको स्थापना भएदेखी हालसम्म विभिन्न कमिटीमा रहेर काम गर्नुहुने बिधार्थिहरु बिच सुमधुर सम्बन्ध बनाउने उदेश्यका साथ सुरुङ्गा धनुषकोटिमा शनिवार वनभोज कार्यक्रमको आयोजना भएको थियो ।

अनेरास्ववियु झापाका पूर्व विध्यार्थी नेता धमेन्द्र खड्काका अनुसार आयोजित पुनर्मिलन तथा वनभोज कार्यक्रममाप्रदेश न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यरहेको थियो भने विशिस्ट अतिथीहरुमा नेकपा नेता माननीय देवेन्द्र दाहाल,माननीय एल पि सावा प्रदेश सभा सदस्य वसन्त बानियाँ, अखिलका पूर्व नेता तथा व साझा प्रकाशनका महाप्रबन्धक होम प्रसाद गौतम,जिल्ला समन्वय समिती झापाका सभापती सोम पोर्तेल पुर्व सांसद,नेकपा नेताहरु,पुर्व विधार्थी नेताहरु,जनप्रतिनिधिहरु, लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा अनेरास्ववियु झापाको स्थापना गर्न महत्त्वपूर्ण योगदान हुने पुर्व अखिलका केन्द्रीयअध्यक्ष चन्द्र भण्डारी र झापाबाट अनेरास्ववियु केन्द्रिय अध्यक्ष हुनुभएका वर्तमान प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री माननीय हिक्मत कुमार कार्की लाई दोसल्ला एवम सम्मान पत्र द्वरा सम्मान गरिएको थियो । कार्यक्रम संचालन धर्मेन्द्र खड़काले ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button