मूल खबर

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान

१७ फाल्गुन २०७७
न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते ४ बजेका लागि बैठक आह्वान गरेकी छिन् ।

सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद बैठक आह्वानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

सर्वोच्च्ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेज गरेसँगै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button