मूल खबर

मेरो ज्यान जोखिममा : प्रधानमन्त्री ओली

१७ फाल्गुन २०७७
न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने बताएका छन् । सोमबार गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूमाथिको प्रहार अत्यन्तै तीव्र गतिले केन्द्रित भएको जनाएका छन् ।

‘सम्पूर्णरूपमा ममाथि प्रहार अत्यन्तै तीव्र गतिले केन्द्रित छ । ममाथि कुनै शारीरिक हमला नै भयो, मेरो ज्यान नै तल-माथि भयो भने पनि अनौठो नमान्नुहोला,’ ओलीले भने, ‘तर त्यसो हुन दिइने छैन । हामी शतर्कता अपनाउनेछौं ।’

तीन वर्षमा देशमा कति विकास भएको र कति फरक परेको जनताले थाहा पाएको ओलीले बताएका छन् । यस्तै, देश विकासको बाटोमा तीव्र गतिमा अघि बढेकाले आफूमाथि आक्रमण हुन सक्ने बताउँदै उनले भन ‘म रहिन भने पनि आन्दोलन रोकिन्न, पार्टीलाई तलमाथि पर्न दिन हुन्न, लोकतान्त्रिक आन्दोलन तलमाथि हुन दिइनु हुँदैन’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button