मूल खबर

अब हिंसाको बाटोमा कोही छैन, देश विकासको काम गतिशिल ढंगले अघि बढ्छ : प्रधानमन्त्री ओली

२१ फाल्गुन २०७७
न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ऐतिहासिक काम भएको जनाउँदै अब नेपालमा हिंसाको बाटोमा कोही नभएको बताएका छन् । सरकार र विप्लव नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले अब देश विकासका लागि शान्तिपूर्ण वातावरण बनेको बताएका हुन् ।

‘देश विकासका लागि शान्तिपूर्ण वातावरण चाहिन्छ। त्यही वातावरण सिर्जना गर्ने क्रममा आज त्यो ऐतिहासिक काम गएको छ। नेपाल शान्तिपूर्ण देश भएको छ। अब नेपालमा हिंसाको बाटोमा कोही छैन’ उनले भने ‘अब देश विकासको कामले गतिशिल ढंगले अगाडि बढ्छ।’ उनले भने, ‘नेपाली जनताको चाहाना यही हो। हामी सबैको चाहाना समृद्ध नेपाल, सुखी नेपाली हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button