खबर

युट्युबले सेनाद्वारा सञ्चालित च्यानल हटायो

२३ फाल्गुन २०७७
newsofnepal
यांगुन, (एजेन्सी)।

युट्युबले गत महिना म्यान्मारमा सेनाले सत्ता कब्जा गरेयता हाल दिनहुँ जस्तो विरोध प्रदर्शनकारीहरूमाथि विरोध प्रदर्शन हुन थालेकाले म्यान्मार सेनाद्वारा सञ्चालित पाँचवटा च्यानल हटाएको छ । भिडियो सेयरिङ प्लेटफर्म युट्युबले आफ्नो समुदाय निर्देशिकाअनुसार ती च्यानल हटाएको स्पष्ट गरेका छ ।

गत १ फ्रेबुअरीमा राष्ट्रपति विन मिन्टलगायत प्रजातन्त्रवादी नेतृ आंग सान सुकीलाई हिरासतमा लिएर सेनाले सत्ता कब्जा गरेको थियो । त्यतिबेला सुकीका नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का अन्य थुप्रै वरिष्ठ नेताहरूलाई पनि गिरफतार गरिएको थियो ।

अहिले म्यान्मारमा जननिर्वाचित सरकारको पुनस्र्थापना र सम्पूर्ण नेताहरूको यथाशिघ्र रिहाइको माग गर्दै सडक प्रदर्शन भइरहेको छ । शुक्रबार सम्ममा सेना र प्रहरीको गोली लागेर मर्ने प्रदर्शनकारीको संख्या कम्तिमा ५५ पुगेको छ ।सेनाले गत नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै सैनिक हस्तक्षेप गरेको हो । यद्यपि, सेनाले धाँधलीसम्बन्धी कुनै ठोस प्रमाण पेस गर्न सकेको छैन । चुनावमा एनएलडीले अत्यधिक बहुमतसहित सफलता हासिल गरेको थियो । अमेरिकालगायत युरोपेली संघले सेनालाई सैनिक विद्रोह सच्याउन दबाब दिँदै आएका छन् ।

युट्युबले हटाएका म्यान्मारका च्यानलहरूमा, स्टेट नेटवर्क, एमआरटिभी (म्यान्मार डियो एन्ड टेलिभिजन) लगायत सेनाद्वारा सञ्चालित म्यावादी मिडिया, एमडब्ल्युडी भेराइटी र एमडब्ल्युडी म्यान्मार रहेका छन् । सैनिक विद्रोहयता कम्तिमा २९ जना पत्रकारलगायत १ हजार ७ सय जनाभन्दा बढि व्यक्तिलाई हिरासतमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button