खबर

प्रचण्ड-माधव समूहद्वारा प्रतिनिधि सभा बैठक बहिष्कार

२३ फाल्गुन २०७७
न्युज अफ नेपाल, काठमाडौं ।

पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकलाई प्रचण्ड माधव समूहले बहिष्कार गरेको छ। सर्वोच्चको हालसालैको फैसला पश्चात माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षमा परिणत भएको समूहले संसद बैठक बहिष्कार गरेको हो।

प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय राख्ने नगरिएको भन्दै प्रचण्ड माधव समूहका नेता भीम रावलले अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए।

यस्तै नेता रावलले सर्वोच्चको पछिल्लो फैसलापछि प्रधानमन्त्रीको दल कुन हो भन्ने स्पष्ट नभएको भन्दै विमत्ति प्रस्तुत गरेका थिए। सभामुख अग्नि सापकोटाले रावलको विमत्ति दर्ज भएको भन्दै आफूले बैठक अघि बढाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button