खबर

किन घट्यो फेवातालको १६०९ रोपनी ?

काठमाडौं, फागुन २५, २०७७
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’ ले २०६९ सालमा फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी कायम गरेको थियो। तर पुण्यप्रसाद पौडेलको संयोजकत्वमा हालै गठित फेवाताल चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी कायम गर्‍यो।

अहिले कायम गरिएको क्षेत्रफल लामिछाने प्रतिवेदनले कायम गरेको क्षेत्रफलभन्दा १ हजार ६ सय ९ रोपनी कम हो। फेवातालको अघिल्लो प्रतिवेदनमा देखिएको १ हजार ६ सय ९ रोपनी जमिन कहाँ गयो ? नागरिक समाजका अगुवादेखि अधिकांश पोखरेली यसको जबाफ मागिरहेका छन्।

पौडेल समितिले लामिछाने प्रतिवेदनको सीमांकन र अहिलेको सीमांकन एकै भएको दाबी गरेको छ। यसलाई उच्चस्तरीय आयोगका तत्कालीन संयोजक लामिछानेले पनि स्विकारेका छन्। त्यसो भए किन फरक पर्‍यो त दुई प्रतिवेदनको क्षेत्रफल ?

पौडेल समिति र लामिछाने प्रतिवेदनको सीमांकन लगभग उस्तै छ। यो दुई प्रतिवेदनबीच फरक भनेको भकुण्डे खोला तालअन्तर्गत पर्छ कि पर्दैन भन्ने मात्रै हो। लामिछाने प्रतिवेदनले भकुन्डे खोलालाई तालको स्रोत मानेर त्यसलाई राखेर सीमांकन गरेको छ। तर पौडेल समितिले भकुन्डे खोलालाई ताल क्षेत्र नभएकाले समेटेको छैन। नागरिक दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button