मूल खबर

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेबारे प्रचण्ड र देउवाबीच छलफल

२५ फाल्गुन २०७७

न्युज अफ नेपाल, काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता आज साँझ भएको छ । देउवालाई भेट्न प्रचण्ड देउवा बुढानिलकण्ठ पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल गर्न उनी देउवा निवास पुगेको बुझिएको छ ।

आजमात्रै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भएको थियो । त्यसकै लागि प्रचण्ड आज देउवा निवास पुगेको बुझिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button