
फागुन २६, २०७७
एजेन्सी – स्पेनिस क्लब सेभियालाई पराजित गर्दै जर्मन क्लब बोरुयिा डर्टमुन्ड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको ।
प्रि–क्वाटरफाइनलमा दोस्रो लेगको खेल २–२ गोलको बराबरीमा रोकिएपनि समग्रमा ५–४ को जित निकाल्दै डर्टमुन्डले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । पहिलो लेगमा डर्टमुन्ड ३–२ ले विजयी भएको थियो । हालान्डले पहिलो लेगमा दुई गोल र एक असिस्ट दिएका थि ।
घरेलु मैदान सिग्नल इडुना पार्कमा मंगलबार राति भएको खेलमा डर्टमुन्डका एर्लिङ ब्राउट हालान्डले दुवै गोल गर्दा सेभियाका युस्सुफ इन न्यास्रीले बराबरी गोल फर्काएका थिए ।
खेलको ३५औं मिनेटमा हालान्डले कप्तान मार्काे रिउसको पासमा गोल गर्दै डर्टमुन्डलाई १–० को अग्रता दिलाए । ४८औं मिनेटमा हालान्डले थोगर्न हाजार्डसँग वान टु वान पास खेल्दै गोल गरेपनि मान्यता नपाउदा डर्टमुन्ड अग्रता दोब्बर पार्नबाट चुक्यो ।
५४औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे । ५०औं मिनेटमा जुलेस कोन्डेले हालान्डलाई लडाएपछि डर्टमुन्डले पेनाल्टी पाएको थियो । ५२औं मिनेटमा पेनाल्टीमा गोल गर्न नसकेको हालान्डले पुनः पाएको पेनाल्टीमा गोल गर्न सफल भएका थि ।
हालान्डको पहिलो पेनाल्टीलाई गोलरक्षक यासिन बोनोउले अघि बढ्दै रोकेपछि रेफ्रीले रि पेनाल्टी लिएको थियो । ६८औं मिनेटमा सेभियाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । इम्री क्यानले लुक डि जोङलाई पेनाल्टी बक्समा धकेलेपछि रेफ्रीले सेभियालाई पेनाल्टी दिदा युस्सुफ इन न्यास्रीले गोल गर्न सफल भए ।
इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा न्यास्रीले इभान राकिटिचको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएपनि अघिल्लो चरणमा प्रवेश गर्न पर्याप्त भएन ।hamrokhelkud/from



