खेलकुद

शीर्षस्थानको म्यानचेस्टर सिटीको सानदार जित

फागुन २७, २०७७

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि ५–२ को सानदार जित निकालेको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा सिटीको फराकिलो जितमा केभिन डि ब्रुयन र रियाद महारेजले समान दुई गोल गर्दा इल्केए गुन्डोगानले एक गोल थपे । साउथह्याम्टनका जेम्स वार्ड प्रोज र चे एडाम्सले गोल गरे ।

खेलको २१औं मिनेटमा केभिन डि ब्रुयनको गोलबाट सिटीले खेलमा अग्रता लिएको थियो । २५औं मिनेटमा जेम्स वार्ड प्रोजले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

४०औं मिनेटमा रियाद महारेजले तथा पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–१ को अग्रता दिलाए । ५५औं मिनेटमा रियाद महारेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै सिटीलाई ४–१ ले अघि बढाए ।

५६औं मिनेटमा चे एडाम्सले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए । ५९औं मिनेटमा केभिन डि ब्रुयनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै सिटीलाई ५–२ को फराकिलो जित दिलाए ।

जितसँगै सिटीले शीर्षस्थानमा १४ अंकको अग्रता लिएको छ । सिटीको २९ खेलबाट ६८ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको ५४ अंक छ । पराजित साउथह्याम्टन ३३ अंक जोडेर १४औं स्थानमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button