मूल खबर

एक पटक फेरि क्रान्ति गर्छु, छोड्नेवाला छैन : प्रचण्ड

२७ फाल्गुन २०७७
न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि एक पटक क्रान्ति गर्ने मनस्थितिमा रहेको बताएका छन् । नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू अझै लड्ने पक्षमा रहेको जनाएका छन् ।

‘जनयुद्ध सुरु गर्दा म ४२/४३ वर्षको थिएँ । अहिले ६६/६७ वर्षको भएँ,’ उनले भने, ‘उमेरले कति दिन्छ पनि भन्छन् कतिपयले । तर, म छोड्नेवाला छैन । माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए । म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु । म लड्नेवाला नै छु,’ उनले भने ।

त्यस्तै, नयाँ साथी खोज्दै हिँड्दा आफ्ना पुराना साथी छुटेको स्वीकार्दे प्रचण्डले भने ‘नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो, अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु ।’

पछिल्लो समय आफूले शान्तिपूर्ण युद्ध लडिरहेको जनाउँदै प्रचण्डले आफूले ब्याटल त जितेको तर वार जित्न बाँकि रहेको बताएका छन् । ‘अहिले फेरि शान्तिमार्फत युद्ध गरेको हो,’ उनले भने, ‘फेरि नयाँ युद्ध गरेकै हो । यो युद्ध चलिराखेकै छ । प्रतिनिधि सभा विघटनविरुद्ध, संविधान नै खारेजका विरुद्ध हामीले ब्याटल त जिज्यौं । तर, वार जितेका छैनौं ’ उनले भने ।

प्रचण्डले आफूले गरेका आन्दोलन र उपलब्धीमाथि देशभित्र र बाहिरबाट ठूलै षड्यन्त्र भइरहेको जनाउँदैै यसविरुद्ध लडाईं लड्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button