खेलकुद

स्पेजियालाई हराउदै एटालान्टा शीर्ष चारमा

फागुन २९, २०७७

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एटलान्टाले स्पेजियामाथि सहज जित हात पारेको छ । एटलान्टाले घरेलु मैदानमा स्पेजियालाई ३–१ ले हराएको हो ।

एटलान्टाको जितमा मारियो पासालिसले दुई तथा लुइस मुरिएलले एक गोल थपे । स्पेजियाका रोबर्टाे पिकोलीले एक गोल फर्काए ।
जिविस स्टेडियम बरगामोमा शुक्रबार राति भएको खेलमा सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

५३औं मिनेटमा मारियो पासालिसको गोलबाट एटलान्टाले खेलमा १–० को अग्रता लिएको थियो । उनले जोसिप इलिसिसको पासमा गोल गरेका थिए । ५५औं मिनेटमा लुइस मुरिएलले गोल गर्दै एटलान्टाको अग्रता दोब्बर पारे । उनले रोविन गोसेन्सको पासमा गोल गरेका थिए ।

७३औं मिनेटमा मारियो पासालिसले डुभान जापटाको पासमा गोल गर्दै एटलान्टालाई सहज जिततर्फ अघि बढाएका थिए । ८१औं मिनेटमा रोबर्टाे पिकोलीले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा एटलान्टा विजयी हुन सफल भयो ।

जितसँगै एटलान्टा २७ खेलबाट ५२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको युभेन्टससँग समान अंक भएपनि गोल अन्तरमा शीर्ष चारमा छ । पराजित स्पेजिया २६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button