मूल खबर

अवसर आए पछि हट्दिनँ: देउवा

२ चैत्र २०७७

बारा, (नेस) ।

नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने अवसर आएमा आफू पछाडि नहट्ने बताउनुभएको छ ।बारा पचरौता नगरपालिकाको भारतीय सीमावर्ती बेल्दारी गाउँमा खुमबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आइतबार आयोजित कुस्ती प्रतियोगिता उद्घाटन गर्ने क्रममा कांग्रेस सभापति देउवाले मौका पाए सरकारको नेतृत्व गर्न तयार रहेको बताउनुभएको हो ।

कांग्रेस पदको लोभी नभएको तर देश र संविधानमा संकट परेको बेला सरकारको नेतृत्व गर्न पनि पछि हट्न नहुने उहाँको भनाइ थियो ।‘जब–जब देशमा संकट आइपरेकोे छ, तब–तब नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेर निकास दिएको इतिहास छ’, उहाँले भन्नुभयो– ‘अहिले पनि राजनीतिक संकटले देश अप्ठ्यारोमा परेकाले त्यसको निकास दिन र सरकारको जिम्मेवारी लिन म तयार छु ।’

देउवाले खेलकुद विकास गर्न पार्टीले खेलकुदलाई सधंै प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा सभापति देउवाको स्वागतमा भन्दै स्थानीय विद्यालयका बालबालिकालाई लाइनमा राखेर प्रयोग गरिएको थियो ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button