खेलकुद

जोटाको गोलमा लिभरपुलको जित

चैत ३, २०७७

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुलले वल्भ्सलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ ।वल्भरह्याम्टनमा सोमबार राति भएको खेलमा पोर्चुगिज फरवार्ड डिएगो जोटाले गरेको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो ।

उनले पहिलो हाफमा इन्ज्युरी समयमा गोल गरेका थिए । खेलको चौथो मिनेटमा एडमा ट्राओरेको पासमा नेल्सन सेमेडोको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले बचाए ।

१३औं मिनेटमा ओजान कावाकको पासमा साडियो मानेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा लिभरपुल अग्रता लिनबाट चुक्यो । ३९औं मिनेटमा सलाहमार्फत एलेक्सान्डर अर्नाेल्डबाट आएको पासमा साडियो मानेको डाइभिङ हेडरले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । उनले साडियो मानेको पासमा गोल गरेका थिए । ४९औं मिनेटमा कोनर कोडेले अवसर गुमाउदा वल्भ्स बराबरीबाट चुक्यो ।

७३औं मिनेटमा ट्राओरेको प्रहार फितलो बन्दा गोलरक्षक बेकरले सहजै बचाए । ८६औं मिनेटमा सलाहले गोल गरेपनि गोलले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल १–० ले विजयी हुन सफल भयो ।

जितसँगै लिभरपुल २९ खेलबाट ४६ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ । समान ४६ अंक नै रहेपनि एभर्टन गोल अन्तरमा सातौ स्थानमा रहेको छ । पराजित वल्भ्स ३५ अंक जोडेर १३औं स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button