मूल खबर

बालुवाटार चियापान: नेपाल-खनाल समूहलाई कार्वाही गर्ने ओलीको चेतावनी

३ चैत्र २०७७
न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटगत भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलबार बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले पार्टीमा कसैमाथि अन्याय नहुने बताउँदै कार्यकर्तालाई गुटगत भेलामा सहभागी नहुन निर्देशन दिएका छन् ।

‘गुटगत भेलमा सहभागी नहुनुस्, पार्टीमा कसैमाथि अन्याय हुँदैन,’ उहाँले भन्नुभयो, ‘हामीले ठूलो हृद्‍य बनाएका छौं, अपराध गर्नेहरूलाई पनि स्वागत छ त भन्दिन तर स्वीकार गर्छौं हामी ।’

त्यस्तै, माधव नेपाल र झलनाथ खनालले आफ्नो गुटको छुट्टै बैठक राखेर पार्टीमा भाँडभैलो मच्याउन खोजेको आरोप लागउँदै ओलीले भने ‘पार्टी २०७५ जेठ ३ गतेको अवस्थामा फर्किइसके पछि पनि फेरि एक गुटको बैठक, राष्ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने र एउटै पार्टीमा बसेर अराजकता मच्याएर अचाक्ली गर्ने काम भयो,’ ओलीले भने, ‘पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, भाँडभैलो मच्याउने कुरा अब स्वीकार्य हुन सक्दैन। अब अनुशासनहीनता भयो भने पार्टीको विधान छ, देशको कानुन छ, संसद नियमावली छ, त्यसतर्फ सोच्न आग्रह गर्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button