विचार

के ओली आफ्नो पद छोड्न सक्छन त ?

आफुलाई पार्टी र देशको अभिभावक घोषणा गर्दै पत्रकार मातृका पौडेल लाई अन्तर्वाता दिईरहेका घोर दक्षिणपन्थी एवं संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई पटक्कै नसुहाउँदो प्रधानमन्त्री रहेका के पीओलीको भन्दा बढी योगदान अहिलेको गणतन्त्रमा मेरो छ भन्दा मलाई कुनै असजिलो लाग्दैन । उनको त्याग, निष्ठा ,आन्दोलन एवं बलिदान लाई मट्टीमेल्ट पार्दाको पीडित खोज्न अन्यत्र नगएर मलाई भेटे पुग्छ ।जनता सुतेका वेला आधारातमा राष्ट्रघाती महाकाली सन्धि गराएर बार्षिक १खर्व २०अर्ब आम्दानी हुन्छ भन्दै ओली डुक्रिएको क्यासेट रेकर्ड म जनयुद्ध को घाईते कमल मिश्र संग आज पनि सुरक्षित छ भने तत्कालीन एमालेभित्र चरमं राजाबादी भुपालमान सिंह कार्कीका सुपुत्र लोकबन्धु हरु लाई त्यो बेला एमालेमा छिराउँदै गर्दा मल्लिक आयोगका दोषीलाई कारबाही गर्छु भन्ने एउटा मानव अधिकाबादी संस्थाले तयार गरेको उमेद्वार प्रतिवद्धतामा सहि गराउँन जाँदा अनि महाकाली सन्धिलाई राष्ट्रघाती भनेर कलेजका बिद्यार्थी बीच एमाले अखिलको केन्द्रीय नेताको हैसियतले भाषण गर्दा मलाई झापाको पार्टी कमिटिबाट आदेश छाटेर हटाउँन लगाउँने ओली महाशय न मेरा अभिभावक हुन् न जनता र राष्ट्रकै नै हुन सक्छन् । उनि त कम्युनिस्ट मास्न खोलिएको तत्कालीन राष्ट्रबादी स्वतन्त्र विद्यार्थी (मन्डल) अर्थात मन्डलेगुठका बर्तमान सांसद राजेन्द्र लिङदेन,कोमल वली ,अनि भित्र भित्रै भारतीय सुरक्षा स्वार्थमामा कामगर्ने भारतको सरकारी गुप्तचर संस्था रिसर्च एन्ड एनलाईसिस विङ्स (रअ)का प्रमुखहरु आलोक जोशी देखि सामन्त कुमार गोयलका मात्र अभिभावक बन्न सक्छन्।ओली बा अब २०३६सालदेखिका भुक्तभोगी कम्युनिस्ट कुन्दन भट्टराई का स्थानमा म संगै २०५६सालमा माक्सवाद भनेको केहो?भनेर प्रश्न गर्ने झापाका केही उनका (जो अहिले झापाका विभिन्न निकायमा बस्न पाएका छन्)हनुमानका अभिभावक बनेका छन।बल्की त्याग ,बलिदान र समर्पण का होईन राजाबादीहरुलाई निर्वाचित गराउँदा बिरोध गर्ने सहिद भएका तत्कालीन नेकपा माले का कार्यकर्ता प्रजापति सापकोटाका छोरा बिरेन्द्र सापकोटा लाई पार्टीबाट लखेट्ने देखि लिएर बुर्जुवा नै भएपनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पारित गराउँने र शान्ति वहाली गर्न अग्रणी भुमिका खेलेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला लाई हराएर मजाक लिने मानिस पनि हुन् । के पी ओलीले अभिभावक बन्ने नै रहर भए म जस्ता आन्दोलन पीडित घाईते र उनी संगै जेल बसेका झापा आन्दोलनका भुक्तभोगीहरु सानो दुर्गा अधिकारी,भिष्म धिमाल , मंगलमणि सतार , बिरेन्द्र सिंह राजवंशी, रुद्र सुवेदी,हर्क खडका लगायतका हरुको परिवारजनको असल अभिभावक बन्न सिक यात प्रधानमन्त्री पद छोड। खवरदार!राष्ट्रियता र जनताको बिरुद्ध मा सरकारी निवास बालुवाटारमा बसेर हामीले रगत बगाएर ल्याएको लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री र पुष्पलाल, मनमोहन अधिकारी,मदन भण्डारी , जीवराज आश्रितहरूको बलिदान बाट हुर्किएको पार्टीको नेता बन्न तिमी ओली लायक छैनौ त्यसैले दुबै पद बाट तुरुन्तै राजिनामा देऊ। ओली लाई मेरो त खुल्लम खुल्ला चुनौती यहिँ लेख मार्फत दिन चाहन्छु । कमरेड ओली मनदेखि नै देश र जनताको अभिभावक बन्ने हो भने उनले म पदको भोको होइन भनेर प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन सक्नु पर्छ होइन भने यो जे जति हो सबै उनको पद जोगाउने खेल मात्र हो भनेर बुझ्न कुनै कठिन छैन ।यदि उनी साच्चै आम नेपालीका सामु आफु पद लोलुप होइन भनेर आफ्नो पद त्याग गरेर देश, जनता र पार्टी प्रति यो उदारता देखाउने हिम्मत गर्न सक्छन् त ?
( यो लेखक मिश्रको नितान्त निजि विचार हो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button