खबर

संयोजकमा रेग्मी

७ चैत्र २०७७

बिर्तामोड । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन,प्रेस संगठन झापाका संयोजकमा जन(संसद् दैनिकका सम्पादक झुलन रेग्मी चयन भएका छन् ।

शनिवार झापाको सुरुङ्गामा बसेको संगठनका केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य तथा जिल्ला पदाधिकारीको भेलाले सह(संयोजकमा रहेका रेग्मीलाई संयोजकको जिम्मेवारी दिने निणर्य गरेको हो ।

संगठनलाई थप चलायमान बनाउनका लागि नेतृत्व चयन गर्दै रणनीतिक योजना बनाएर अघि बढ्ने समेत भेलाले निणर्य गरेको छ । भेलाले चैत्र २५ गते हुन गइरहेको नेपाल पत्रकार महासंघकोे तीन तहको निर्वाचनका लागि झापाको हकमा महासंघमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने समिति चयन गरेको छ ।

उक्त समितिले अन्य संगठनहरुसँग तालमेलका लागि पहल गर्न र प्रेस संगठन झापाका उम्मेद्वार छनोट गर्न भूमिका निर्वाह गर्नेछ । त्यसका लागि केन्द्रीय सदस्य बिमल लामिछानेको संयोजकत्वमा दयाराम दाहाल, तारामणि सापकोटा, झुलन रेग्मी र उद्धव पुरी सदस्य रहेको पाँच सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन गरेको छ । उक्त समितिले महासंघको निर्वाचनका लागि सर्वसम्मत ढङ्गबाट नेतृत्व चयन गराउन अन्य संगठनसँग सम्वाद, सहमति र सहकार्यलार्ई प्राथमिकतामा राख्ने सचिव पुरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button