
१० चैत्र २०७७
न्युज अफ नेपाल, काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विधान विपरीत काम गर्ने व्यक्तिले नै स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका छन् ।
नेपाल समूह निकट विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले आफूले नभई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।
‘नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो ?’ रावलले भने, ‘पार्टी विधान विपरीत काम गर्ने व्यक्तिले तपाईंहरुले अनुशासन किन मान्नु भएन भनेर स्पष्टीकरण सोध्न लाज मान्नुपर्ने हो’ ।



