खबर

गोजमुमो बिमल खेमाको खरसाङ विधानसभाका प्रार्थी नर्बुजी लामालाई मिरिकमा भव्य स्वागत

गोजमुमो बिमल खेमाको खरसाङ विधानसभाका प्रार्थी नर्बुजी लामालाई मिरिकमा भव्य स्वागत
मार्च 25, 2021

मिरिक: गोजमुमो बिमल खेमाका खरसाङ विधानसभा क्षेत्रका प्रार्थी नर्बुजी लामाले आज मिरिकका पार्टी समर्थकहरुसँग औपचारिक रूपमा भेटवार्ता गरे। गोजमुमो मिरिक महकुमाको तत्वावधानमा पार्टीको महकुमा कार्यालयमा आयोजित समारोहमा नर्बुजी लामालाई पार्टीका स्थानीय तहका नेताहरूसँगै समर्थकहरु तथा नारी मोर्चा, युवा मोर्चासँगै चारवटा समष्टिका प्रतिनिधिहरुले खदा माला लगाएर स्वागत जनाए। यस अवसरमा बोल्दै पार्टीको केन्द्रीय सदस्य बिनोद खालिङले बिमल गुरुङले दिएको प्रार्थीलाई बिजयी बनाउन हेतु हर सम्भव प्रयास गरिने बताए। तिनले उम्मेदवार नर्बुजी लामा विधायक बनेपछि जनतामुखी कार्यमा संलग्न रहने र यहाँका समस्याहरुको समाधानको लागि कार्य गर्ने विश्वास व्यक्त गरे। यसरी मिरिक महकुमाले आफ्नो उम्मेदवारितालाई कदर गर्दै सम्मान गरेकोमा हर्ष प्रकट गर्दै उम्मेदवार नर्बुजी लामाले मिरिकवासीले भोगिरहेका समस्याहरुको निकासको लागि पहल गरिने अनि यो चुनाउ मात्र नभएर गोर्खाहरूको लागि चुनौती रहेको बताए। यो चुनौती पार गर्न मिरिवासीले भरपुर मत दिएर सहयोग पुराउने कुरामा पनि तिनी आशावादी देखिए। आफुले सदैव समाजप्रतिको उत्तरदायित्व बोध गरेको र जातिलाई के दिन सकिन्छ भन्नेमा विश्वास गरेको बताए। यो समय हामी पिर मर्कामा छौ तर यो चुनाउको रुपमा जाति अनि मुद्दाको खातिर कार्य गर्ने अवसर भने एकपल्ट फेरि पाएका छौ, तिनले भने। लामाले बिमल गुरुङको राज्यसँग साझेदार बन्ने निर्णयलाई सही बताउँदै राजनीतिमा कहिले दश कदम अघि त, कहिले दश कदम पछि भइन्छ तर जातिको भलाई अनि उत्थानको निम्ति यो निर्णय सही रहेको तिनले बताए। तिनले आफ्नो जीतप्रति आशावादी हुँदै भने, यो चुनाउमा नर्बुजी लामाले जित्ने छ र यो जीत तमाम जातिको अनि मुद्दाको हुनेछ। आफु अध्यात्ममा रुझान राख्ने व्यक्ति भएको कारण मुद्दाको अनि जातिको स्वाभिमान, मर्यादालाई सदैव उच्च राखेर कार्य गर्ने तिनले बताए। डम्बर छेत्रीको अध्यक्षतामा सम्पन्न समारोहमा खरसाङ महकुमा अध्यक्ष प्रदिप मगर, सचिव सुरज छेत्री लगायत मिरिकका युवा नेताहरु मुकुल घिमिरे, अर्पण राई, नारी मोर्चा केन्द्रीय साङ्गठनिक सचिव ललिता गुरुङ आदिको उपस्थिति रहेको थियो।
डाबग्राम-फुलबारीका अलोक सेनले भाजपा छोडे, निर्दलीय प्रार्थीको रूपमा चुनाउ लड्ने


मार्च 25, 2021
सिलगढी : डाबग्राम-फुलबारी विधानसभा क्षेत्रमा अलोक सेनले भाजपा पार्टी छोडेर आउँदो विधानसभा चुनाउमा निर्दलीय उम्मेद्वारको रूपमा चुनाउ लड्ने भएका छन्। हाल, तिनले नामाङ्कन पत्र लिएका छन्। सिलगढीमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर अलोक सेन यसबारे जानकारी दिएका छन्। भाजपाले मूल नेताहरूलाई महत्व नदिएको आरोप लगाउँदै तिनले तृणमूल कङ्ग्रेस तथा अन्य पार्टीहरू छोड़ेर भाजपामा सामेल हुनेहरूलाई टिकट दिइरहेको बताए। तिनले यसको लागि मुकुल रायलाई दोषी ठहराएका छन्। तिनले लगाएको आरोप अनुसार मुकुल रायले केवल ती मानिसहरूलाई मात्र पार्टीको टिकट दिएका छन् जो बाहिरबाट आएका अथवा तिनको सम्पर्कमा रहेका छन्। मुकुल रायको नजिकैको रहेकोले गर्दा नै डाबग्राम-फुलबारी विधानसभा क्षेत्रमा शिखा च्याटर्जीले पार्टीको टिकट पाएको तिनले बताए। आफू निर्दलीय उम्मेद्वारको रूपमा चुनाउमा खड़ा भएका हुन् भने तिनको मुख्य प्रतिद्वन्द्वी तृणमूल रहेको बताउँदै राज्यमा भाजपाले सत्ता गठन गर्न सक्ने दावी गरे। राज्यभरिमै लगभग 170 जना असन्तुष्ट भाजपा नेताहरू निर्दलीय उम्मेद्वारको रूपमा विधानसभा चुनाउमा खड़ा भइरहेका छन्।
तकदाह ग्रिफिथ्स स्कुलमा एनसीसी-को 10 दिने तालिम शिविर


मार्च 25, 2021

तकदाह : दार्जिलिङ जिल्लाको रङ्ली-रङ्लियट अन्तर्गत पर्ने तकदाहको एउटा पुरानो तथा अति प्रतिष्ठित ग्रिफिथ्स हायर सेकेन्डेरी स्कुलमा 5 बङ्गाल बटालियन एनसीसी-को 10 दिने तालिम शिविर हाल सम्पन्न भइरहेको छ। विद्यालयका प्रधान अध्यापक भीम प्रधानले दिएको जानकारी अनुसार गत 17 मार्चदेखि स्कुल प्राङ्गणमा एनसीसी तालिम शिविरको आयोजना भइरहेको छ भने उक्त शिविर आगामी 26 मार्चसम्म चल्नेछ। यस शिविरमा विभिन्न कलेजका लगभग 4 सयजना एनसीसी क्याडेटहरूले अंश ग्रहण गरिरहेका छन्। जसमध्ये दार्जिलिङको सन्त जोसेफ कलेज, दार्जिलिङ सरकारी महाविद्यालय, कालेबुङ कलेज, खरसाङ कलेज, मिरिक कलेज लगायत मालदा कलेजबाट पनि एनसीसी क्याडेटहरूको उपस्थिति रहेको छ। यस शिविर मार्फत् विभिन्न तालिम लगायत पर्यावरणलाई स्वच्छ अनि स्वास्थ्य राख्नको लागि सफाई कार्यक्रमहरू पनि सम्पन्न भइरहेको बताइएको छ। यसै क्रममा तकदाहको प्रवेश स्थल मानिने रेञ्जर झोड़ादेखि तकदाह बजार हुँदै भानुभक्त आचार्यको सालिग परिसरमा सफाई कार्यक्रम लगायत रङ पचेरा समेत एनसीसी क्याडेटहरूद्वारा गरियो। अर्कोतिर, प्रधान अध्यापक भीम प्रधानले दिएको जानकारी अनुसार ग्रिफिथ्स स्कुलका 50 जना विद्यार्थीहरूलाई पनि उक्त एनसीसी-मा सामेल गरिएको छ।

अशोक भट्टाचार्यले गरे सूर्यनगर लगायत अन्य ठाउँमा चुनाउ प्रचार


मार्च 25, 2021

सिलगढी : पश्चिम बङ्गालमा आगामी 27 मार्चदेखि विधानसभा चुनाउ शुरू हुने भएको छ। यसलाई लिएर प्रत्येक विधानसभा केन्द्रमा युद्ध स्तरमा चुनाउ प्रचार प्रसार भइरहेको छ। यसै क्रममा सिलगढी विधानसभा आसनका वाम-कङ्ग्रेस गठबन्धनका प्रार्थी अशोक भट्टाचार्य आज बिहान भ्रमणमा निस्केर सूर्यनगर मैदानमा चुनाउ प्रचार गर्नको साथै त्यहाँ रहेका मानिसहरूसित कुराकानी गरे। यसपछि तिनले सिलगढी नगरनिगमको 9 नम्बर वार्डका पूर्व काउन्सिलर शालिनी डालमियालाई साथमा लिएर डीआई फन्ड बजारमा गएर चुनाउ प्रचार गरे।siliguritimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button