खबर

पहाडमा आज होली, हर्षोल्लासपूर्वक मनाइँदै

१५ चैत्र २०७७

न्युज अफ नेपाल ,काठमाडौं ।

आज फागूपूर्णिमाको दिन पहाडी भेगमा होली खेलेर हर्षोल्लासका साथ मनाइँदैछ। काठमाडौसहित पहाडी क्षेत्रभन्दा एक दिन पछिमात्रै तराईमा होली भव्यताका साथ मनाइने गरिएको छ। तराईमा भोलिमात्रै होली मनाइन्छ।

फागुन शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रङहरुको चाड फागुपूर्णिमा विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने गरिन्छ।फागुपूर्णिमाका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजालिने गर्छन्। होलीलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ।

काठमाडौंको वसन्तपुर दरबारअगाडि फागुन शुक्ल अष्टमीको दिन लिंगो गाडेपछि होली सुरुभएको मानिन्छ। होलीपर्व पूर्णिमाको दिन राति लिंगो ढालेर जलाएपछि सकिएको मानिन्छ। तर तराईका थारु समुदायमा होली तीनदिनसम्म मनाइन्छ ।

अझ कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु र कठरिया समुदायले करिब पन्ध्रदिनसम्म होली धुमधामकासाथ मनाउने गर्छन् । होली पर्व सदभावको पर्व हो, वैरभाग नराखी स्वतन्त्रतापूर्वक मनाउने गरिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button