
चैत १५, २०७७
एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा क्रोएसिया र नेदरल्यान्ड्स विजयी भएका छन् । क्रोएसियाले साइप्रसलाई १–० ले पराजित गरेको हो ।
क्रोएसियाको जितमा मारियो पासालिसले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४०औं मिनेटमा गोल गरेका थिए । विश्वकप छनोटमा क्रोएसियाको यो पहिलो जित हो । यसअघि क्रोएसिया स्लोभेनियासँग १–० ले पराजित भएको थियो । यही समूह ‘एच’ को अर्काे खेलमा रसियाले स्लोभेनियालाई २–१ ले पराजित गर्दा स्लोभाकिया र माल्टाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
यो नतिजापछि समूह ‘एच’ मा रसिया २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । स्लोभेनिया र क्रोएसिया ३ अंक जोड्द्र दोस्रो र तेस्रो स्थनमा रहेको छ । २ अंक जोडेको स्लोभाकिया चौथो स्थानमा रहँदा १ अंक जोडेको साइप्रस र माल्टा पाँचौ र छैटौ स्थानमा रहेको छ ।
यस्तै अर्काे खेलमा नेदरल्यान्ड्सले लात्भियामाथि २–० को सहज जित निकालेको छ । नेदरल्यान्ड्सको जितमा स्टेभन वर्गहुइस र लुक डि जोङले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल निस्किएको थियो ।
यही ‘समूह ‘जी’ को अर्काे खेलमा मोन्टेनेग्रोले जिब्राल्टारलाई ४–१ ले तथा टर्कीले नर्वेमाथि ३–० को सहज जित निकालेको छ । यो नतिजापछि टर्की २ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा रहँदा समान ६ अंक नै रहेपनि मोन्टेनेग्रो गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । नेदरल्यान्ड्स ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नर्वेको पनि ३ अंक छ । लात्भिया र जिब्राल्टारले अंकको खाता खोल्न सकेको छैन ।
अन्य नतिजा
समूह ‘ए’ – सर्वियाविरुद्ध पोर्चुगल (२–२) र आयरल्यान्डविरुद्ध लक्जेमवर्ग (१–०)
समुह ‘ई’ – बेलारुसविरुद्ध इस्टोनिया (४–२) चेक रिपब्लिकविरुद्ध बेल्जियम (१–१)
समूह ‘जी’ – मोन्टेनेग्रोविरुद्ध जिब्राल्टार (४–१), नेदरल्यान्ड्सविरुद्ध लात्भिया (२–०) र नर्वेविरुद्ध टर्की (०–३)
समूह ‘एच’ – रसियाविरुद्ध स्लोभेनिया (२–१), क्रोएसियाविरुद्ध साइप्रस (१–०) र स्लोभाकियाविरुद्ध माल्टा (२–२), hamrokhelkud/from



