
तृणमूल प्रार्थी छोटन किस्कुको समर्थनमा बुढ़ागञ्जको विभिन्न इलाकामा चुनाउ प्रचार
मार्च 31, 2021
खोरीबारी : तृणमूल प्रार्थी छोटन किस्कुको समर्थनमा पार्टीका कार्यकर्ताहरूले बुढ़ागञ्ज अञ्चलको विभिन्न इलाकाहरूमा जनसम्पर्क अभियान चलाएर आफ्नो प्रार्थीलाई मतदान गर्ने सबैसित अपील पनि गरे। तृणमूल प्रखण्ड सचिव धनञ्जय सिंहले तृणमूल प्रार्थी छोटन किस्कू क्षेत्रको विकास, अमन-शान्तिप्रति तत्पर रहेको बताए। तृणमूल कार्यकर्ताहरूले डाङ्गरभिट्टा, जोरपाकुरी आदि बुथहरूको घर-घरमा गएर आफ्नो पार्टीका प्रार्थी छोटन किस्कुको पक्षमा मतदान गर्ने सबैसित अपील पनि गरे। उक्त जनसम्पर्क अभियानमा टीएमसी प्रखण्ड सचिव धनञ्जय सिंह, उपेन साहा, मोहम्मद अलीमुद्दीन, नीलिमा राय, प्रदीप मिश्रा लगायत अन्य कार्यकर्ताहरू सामेल थिए।
भाजपा नेता विजयवर्गीयको बयानलाई लिएर बिमल खेमाका नेताहरूको भर्त्सना

मार्च 31, 2021
बिजनबारी : भाजपा राष्ट्रिय महासचिव कैलाश विजयवर्गीयको बयानलाई बिजनबारीको रेलिङ कैंजले समष्टि गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाले घोर भर्त्सना जनाएको छ। यसबारे पार्टीका संयोजक सञ्जय छेत्री, अरुण प्रधान, निर्मल गुरुङ लगायत समष्टिका अन्य सदस्यहरूले विरोध जनाउँदै आज एउटा भीडियो सार्वजनिक गरेका छन्। समष्टि संयोजक सञ्जय छेत्रीले विजयवर्गीय एउटा जिम्मेवारी पार्टीको पदमा रहेर पनि यस प्रकारको गैरजिम्मेवारी बयानबाजी गरेर सम्पूर्ण भारतीय गोर्खाहरूको भावनालाई आघात पुर्याएको छ भन्दै कैलाश विजयवर्गीयले हामीलाई अहिलेसम्म पनि नेपालकै नागरिकको दृष्टिकोणले हेरेको तिनको बयानले प्रमाणित गरेको बताएका छन्। यसैगरी रेलिङ कैजले समष्टिका पार्टी संयोजक अरुण प्रधानले पनि कैलाश विजयवर्गीयको उक्त बयानले भाजपाको गोर्खाहरूप्रतिको सोच तथा हेराइ कस्तो छ भन्ने कुरा अब उदाङ्गो भएको छ भन्दै आफ्नो प्रतिक्रिया जनाएका छन्।
पास्टर कर्म छिरिङ लामाको पास्टरीय अभिषेक सेवा सम्पन्न

मार्च 30, 2021
खरसाङ: कालेबुङ जिल्लाको कास्योम सिन्कोना बगानमा 22 जुन 1977-मा जन्मेका कर्म छिरिङ लामाको सिलगढीस्थित डायोसेसन हाउस, प्रधान नगरमा पास्टरीय अभिषेक सेवा सम्पन्न भयो। तिनले उच्च माध्यमिकसम्मको शिक्षा सिध्याउनु भएपछि देहरादुन अनि ऊँटीस्थित निलगिरी बाइबल इन्स्टिच्युटबाट धर्म विज्ञानमा बीटीएच गरेका हुन्। तिनले क्याम्पस क्रुसेड फर क्राइष्ट, विश्व वाणी, विभावना पत्रिका, हिमालय गुड न्यूज नेटवर्किङ मिनिष्ट्रिज मार्फत सिलगढी अनि उत्तर बंगालको विभिन्न ठाउँहरूमा धेरै वर्ष सेवाकाई गरेका थिए। केही वर्ष व्यवसाय गरेपछि परमेश्वरको बोलावटप्रति इमानदारी बन्दै फेरि पूर्णकालीन सेवाकाईमा लागे। तिनले केही वर्षदेखि सालबारीस्थित मशिही सङ्गतिमा एउटा अगुवाको भूमिका निर्वाह गरिरहेका थिए। तिनलाई स्थानीय अनि टाड़ाका मण्डलीहरूबाट उपस्थित धेरै पास्टरहरू अनि अगुवाहरूको उपस्थितिमा कर्म लामाको सालबारी मशिही सङ्मतिको पास्टरको रूपमा अभिषेकको सेवा सम्पन्न भयो। उक्त कार्यक्रमको सञ्चालन वरिष्ठ साहित्यकार किशोर तिखत्रीले गरेका थिए भने कर्म छिरिङ लामाको पास्टर अभिषेकको सेवा रेभ. भुवन जिम्बाले सम्पन्न गरेका थिए। पास्टरीय अभिषेक र पास्टरीय सेवाकाई के हो त्यस बारेमा एक गहण प्रवचन रेभ. डा. एडोन रोंगोंगले राखेका थिए। यस अवसरमा कर्म छिरिङ लामाको परिचय कुमार प्रधानले पठन गरे अनि सालबारी मशिही सङ्गतिका सदस्यहरू अनि सङ्गीत झुण्डका सदस्यहरूले सामूहिक गीत साथै श्रेया योगीले सुन्दर एकल गीत प्रस्तुत गरिन्। पास्टर शामसोन खवास, एल्डर सीडी बल र प्रमोद राईले केही बधाई सन्देशहरू राखेका थिए भनी पास्टर निमा लेप्चाले जनाएका छन्।
मगर बोर्डका सदस्यसहित घैयाबारीबाट 30 जना बिमल पन्थीमा सामेल

मार्च 30, 2021
खरसाङ : पश्चिम बंगाल मगर विकास बोर्डका सदस्य एवम् हिल तृणमूल कङ्ग्रेसका सदस्य सुमन थापासहित घैयाबारीबाट 30 जना बिमलपन्थी गोजमुमोमा सामेल भएका छन्। घैयाबारी लोअर गैरी गाउँ क्षेत्रका मोठ 30 जना सुमन थापाको अगुवाईमा तृणमूल कङग्रेस छोडेर बिमलपन्थी गोजमुमोमा सामेल भएका छन्। सामेल हुनेहरू सबै जनालाई दार्जिलिङको पातलेबाँसस्थित गोजमुमोको पार्टी कार्यालयमा पार्टी अध्यक्ष बिमल गुरुङको बाहुलीबाट झण्डा प्रदान गरेर पार्टीमा सामेल गराइयो। यस अवसरमा बिमलपन्थी युवा मोर्चाका खरसाङ महकुमा समितिका सभापति सत्यम छेत्री, घैयाबारी खण्डको युवा मोर्चाका सभापति दिप सन्यासी पनि उपस्थित थिए।siliguritimes/from,india



