चैत २०, २०७७
काठमाडौं (हाम्रो खेलकुद) – यसै साता दशरथ रंगशालामा सम्पन्न थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यले सरकारबाट जनही ४-४ लाख रुपैयाँ पाउने भएका छन् ।
शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । नेपालले फाइनलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो । उक्त फाइनलमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री ज्ञवाली लगायत उच्च पदस्थ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।
फाइनलपछि खेलाडीहरुले ‘केपी बा वि लभ यु’ भन्दै नारा लगाएका थिए । उक्त नाराको मिश्रित प्रतिक्रिया आएको थियो ।



