
२१ चैत २०७७
चौतारी पोष्ट अनलाइन
मेचीनगर । झापाको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ कार्य समितिको निर्वाचन आज भईरहेको छ । मिनि निवार्चनको झल्को दिने खानेपानीको यो निर्वाचनमा एकातर्फ एमाले र राप्रपाको संयुक्त प्यानल रहेको छ भने अर्कोतर्फ नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीको प्यानल रहेकोछ । यो निर्वाचनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र केही स्वतन्त्र उम्मेद्वार समेत निर्वाचनको मैदानमा रहेकाछन् ।










