खबर

तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

काठमाडौं, चैत ३१, २०७७
कोभिड १९ को द्रोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् ।

शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँग छलफलमा उनीहरुले बन्द अन्तिम उपाय नभएको बताएका हुन् ।नेपालसमाचारपत्र छ ।

नेपालको संविधानले माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै रहने भएकाले केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त नहुने भनाइ उनीहरुको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button