खेलकुद

सानदार जितसँगै आर्सनल सेमिफाइनलमा

वैशाख ३, २०७८

एजेन्सी – चेक रिपब्लिक प्रतिद्धन्द्धी स्लाभिया प्रागमाथि दोस्रो लेगमा सानदार जित निकाल्दै इंग्लिस क्लब आर्सनलले युरोपा लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

पहिलो लेगमा घरेलु मैदानमा १–१ गोलको बराबरीमा रोकिएको आर्सनलले दोस्रो लेगमा स्लाभिया प्रागलाई उसकै मैदानमा ४–० ले हराउँदै समग्रमा ५–१ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । दोस्रो लेगमा आर्सनलको सानदार जितमा एलेसान्द्रे लाकाजेटले दुई तथा निकलस पेपे र बुकायो साकाले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो ।

सिनोवो स्टेडियम प्राहामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा इमिल स्मिथ रोवीले गोल गरेपनि उनको गोलले मान्यता नपाउँदा उनी अफसाइड ठहरिए । १८औं मिनेटमा निकलस पेपेले इमिल स्मिथकै पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । २१औं मिनेटमा एलेसान्द्र लाकाजेटले पेनाल्टीमार्फत गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।

२४औं मिनेटमा बुकायो साकाले गोल गरेपछि आर्सनलले २४ मिनेटभित्रै ३–० को आरामदायी अग्रता लिएको थियो । चौथो गोलको लागि भने आर्सनलले दोस्रो हाफको अन्त्यतिरको समय कुर्नुपरेको थियो । ७७औं मिनेटमा लाकाजेटले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आर्सनललाई दोस्रो लेगमा ४–० को सानदार जित दिलाए ।

यस्तै युरोपा लिगकै अर्काे खेलमा भिल्लारियलले क्रोएसियन क्लब डिनामो जाग्रिवलाई २–१ ले तथा समग्रमा ३–१ ले पराजित गर्दै सेमिफाइनलमा आर्सनलसँथगको भेट पक्का गरेको छ । भिल्लारियलको जितमा पाको एल्कासेर र जेरार्ड मोरेनोले गोल गर्दा डिनामोका मिस्लभ ओर्सिसले एक गोल फर्काएका थिए ।

अर्काे खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब ग्रानडालाई समग्रमा ४–० ले तथा इटालियन क्लब रोमाले डच क्लब आयाक्सलाई समग्रमा ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

अब सेमिफाइनलमा आर्सनल र भिल्लारियल तथा म्यानचेस्टर युनाइटेड र इटालियन क्लब रोमाबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलका खेलहरु ३० अप्रिल र ७ मेमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button