मूल खबर

विशेष कदम चाल्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं,बैशाख ६, २०७८

कर्णालीमा उत्पन्न भएको तुफानले राजधानी काठमाडौँमा ठूलो तरंग उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो वर्तमान राजनीतिक अवधारणामा संशोधन गर्दै वैकल्पिक माध्यमबाट अगाडि बढ्ने सोच बनाउन थालेको उनी निकट नेताहरुले बताउन थालेका छन् ।

राजनीतिक क्षेत्रमा उत्पन्न भएको चुनौतीको सामना गर्दै प्रधानमन्त्री ओली अगाडि बढ्नका लागि तीनवटा विकल्प भएको उल्लेख गरिएको छ ।

पहिलो विकल्प संसदमा ३२ स्थानमा भएको जनता समाजवादी पार्टीसँग सहकार्य बनिराखेको अवस्थालाई झन् मजबुत पार्दै प्रधानमन्त्री ओली जनता समाजवादीकै समर्थनबाट संसदमा स्पष्ट बहुमतको स्थिति देखाएर अगाडि बढ्ने प्रमुख राजनीतिक विकल्प रहेको बताइन्छ ।

समाजवादीसँग मिल्न नसके प्रधानमन्त्री ओलीले अर्को विकल्पको रुपमा अविश्वासको प्रस्तावको सामना गर्ने योजना बनाएको बताइन्छ । प्रधानमन्त्रीले अन्तिम विकल्पको रुपमा संसदबाट अविश्वासको मत लिने निर्णय गर्न सक्ने बताइन्छ । साँघु साप्ताहिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button